मलेसिया ओपन तेक्वान्दो

मनोज मलेसिया जाने

काठमाडौं । मलेसिया ओपन तेक्वान्दोमा सहभागी हुन मनोज श्रेष्ठ बिहीबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएका छन् ।

मनोजले पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । व्यवस्थापकमा भीमबहादुर मोक्तान रहेका छन् । उनीहरुलाई कागेश्वरी मनोहारा नगरपालिका वडा ४ का अध्यक्ष धनबहादुर श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले एक कार्यक्रमबीच बिदाइ गरे ।