काठमाडौं जिल्लास्तरीय तेक्वान्दो

एसकेबिसी तेक्वान्दो सुरु

टोखा। एसकेबिसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) को संयुक्त आयोजनामा प्रथम एसकेबिसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा भइरहेको प्रतियोगिताको पहिलो दिन महिला एकल पुम्सेमा एसकेबिसकी दक्षता रावल, ५२ केजीमुनिमा च्याम्पियन मार्सल आर्ट्सकी प्रतिमा भुजेल, ३५ केजीमुनिमा लैनचौरकी सितिस्मा केसी, २९ केजीमुनिमा थलीकी मिङमा लक्की शेर्पा, २३ केजीमुनिमा लैनचौरकी मनिश्री चन्द र २० केजीमुनि चन्द्रसूर्यकी रेन्जी चौलागाईंले स्वर्ण जिते ।

पुरुष ३६ केजीमुनिमा थलीका नवीन तामाङले स्वर्ण हात पारे । प्रतियोगिताको  उद्घाटन टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङले गरे । 

प्रतियोगितामा ग्योरोगीतर्फ ३५ र पुम्सेमा ५ गरी ४० स्पर्धामा करिब ५ सय खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजनाले जनाएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।