टेबल टेनिस

चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रारम्भ

ललितपुर । चौथो मेयर कप रात्रिकालिन टेबल टेनिस प्रतियोगिता  सोमबारबाट ललितपुर १२ स्थित हः खा टोलमा शुरु भएको छ। 

रातीको समय हुने विशिष्ट शैलीको यो प्रतियोगिताको चौथो संस्करणको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलेगरेका थिए ।   ।

प्रतियोगिताको पहिलो दिन मेन्स टिम इभेन्ट्स र भेट्रान्स टिम इभेन्टसका खेलहरु सञ्चालन भएको छ। 
जस अन्तर्गत मेन्स टिम इभेन्ट्समा वडा नम्वर २० ले ११ लाई, वडा नम्वर १६ ले ६ लाई, बडा नम्वर ९ ले ८ लाई पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् ।  वडा नम्बर १२ ले भने भने वाई पाएको थियो।  

त्यसैगरी मेन्स टिम इभेन्ट्समा वडा नम्वर १८ ले १७ लाई, बडा १३ ले ११ लाई पन्छाउँदै क्वार्टर फाइनलमा पुगे। 
६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १३ इभेन्ट्स समावेश गरिएको छ। त्यसमा ललितपुरका २९ वटा वडाबाट करिब  पाँच सय खेलाडीहरुले सहभागिता जनाइरहेका छन्।

हरेक वडाका खेलाडीहरुले उत्साहपुर्वक सहभागिता जनाउने अनि सम्वन्धित वडाले राम्ररी सहयोग गर्ने यो प्रतियोगिताबाट थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन हुंदै आएको छ।

हाल ललितपुर जिल्लाबाट उत्पादन भएका खेलाडीहरु संयोग कपाली, रुविन महर्जन, इभाना थापा राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरु हुन्। त्यस्तै रविन्द्र शाक्य, राजेन्द्र कपाली, पुरुषोत्तम बज्राचार्य जस्ता राष्ट्रिय खेलाडी पनि ललितपुर जिल्लाका उत्पादन हुन्। 

ललितपुर उपमहानगर पालिकाका मेयर तथा उद्घाटन समारोहका प्रमुख अतिथी चिरिबाबु महर्जनले वडा स्तरिय प्रतिस्पर्धा भएपनि यसले देशको टेबल टेनिसलाई ठूल्ठूला खेलाडीहरु उत्पादन गरेर टेवा पुर्याइरहेको बताए। 
रात्रीकालिन टेबल टेनिस ललितपुरको इतिहाससंग जोडिएको प्रतियोगिता हो। ४० को दशकदेखि शुरु भएको यो खेल विचमा केही समय अवरुद्ध भएपनि अहिले पुनः निरन्तरता पाएको हो।