चैत्र १०, २०८२ मंगलबार | १८:३७:१५
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

अलपत्र एजेन्डाहरु सामना गर्न नसकेपछि एन्फाले बोलायो आकस्मिक बैठक

काठमाडौं । लिग आयोजना, नेपाल सुपर लिग (एनएसएल) सम्झौता, विभिन्न अत्यावश्यक नियुक्ती, अनिवार्य गठन गर्नुपर्ने विभिन्न समितिहरुका काम अलपत्र रहेको अवस्थामा शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।

कात्तिकमा बसेको कार्यसमितिको पछिल्लो बैठकले पुस महिनाभित्र पूर्ण बैठक बसेर अलपत्र परेका सबै विषयको टुंगो लगाउने निर्णय भएको थियो । तर, सुशासनको नाराका साथ निर्वाचित भएलगत्तै आपसी द्धन्द्ध र शक्ति संघर्षको दलदलमा फसेको एन्फा कार्यसमितिमा पछिल्ले समय लिग आयोजना र एनएसएलसँगको सम्झौताले विवाद थपेपछि नेतृत्वले विना एजेन्डा आकस्मिक बैठक बोलाएको बताइन्छ ।  

पूर्ण बैठक बोलाउँदा एनएसएल सम्झौताका साथै अन्य नियुक्ती र समिति गठनको चर्को विवाद हुने र कुनै निर्णय गर्न नसकिने भएकाले नेतृत्वले विना एजेन्डाको बैठक बोलाएर लिगको विषयमा मात्र निर्णय गर्ने रणनीति लिएको आरोप छ ।

चुनाव अघिसम्म आफैले चर्को विरोध गरे पनि वर्तमान नेतृत्वले एनएसएलसँग आठ वर्षको सम्झौता गरेको छ । कार्यसमितिकै सदस्य तथा क्लबहरुले सम्झौताको कपी माग गर्दा एन्फा नेतृत्वले दिएको छैन । जसका कारण एनएसएल सम्झौता अपारदर्सी भएको भन्दै एन्फाभित्र त्यसको चर्को विरोध भइरहेको छ ।

एन्फाले फागुन १९ बाट सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने घोषणा गरिसकेको छ । यसअघि पुस २६ बाट लिग गर्ने घोषणा गरे पनि क्लबलाई दिनुपर्ने तयारी रकम समयमा दिन नसकेपछि एन्फा मिति सार्न बाध्य भएको थियो । दोस्रो पटक तोकिएको मितिमा पनि लिग गर्न नसके कार्यकाल नै पूर्ण रुपमा फ्लप हुने बुझेर एन्फा नेतृत्वले यस्तो रणनीति लिएको कार्यसमितिकै सदस्यहरु आरोप लगाउँछन् ।

चुनाव अघिसम्म आफैले चर्को विरोध गरे पनि वर्तमान नेतृत्वले एनएसएलसँग आठ वर्षको सम्झौता गरेको छ । कार्यसमितिकै सदस्य तथा क्लबहरुले सम्झौताको कपी माग गर्दा एन्फा नेतृत्वले दिएको छैन । जसका कारण एनएसएल सम्झौता अपारदर्सी भएको भन्दै एन्फाभित्र त्यसको चर्को विरोध भइरहेको छ ।

तत्काल बैठक बसेर कार्यसमितिबाट सचिवालयले घोषणा गरेको मिति अनुमोदन नभए दोस्रो पटक तोकिएको मितिमा पनि लिग गर्नका लागि आवश्यक प्रक्रिया पुरा गर्न नभ्याइने भएकाले नेतृत्वले चलाखी गरेको एन्फाका एक पदाधिकारीले दाबी गरे ।

तर एन्फाका महासचिव किरण राई त्यस्तो कुनै षडयन्त्र नरहेको प्रष्ट्याउँछन् । ‘आपतकालिन बैठकलाई एजेन्डा पर्दैन । केही अत्यावश्यक निर्णयहरु लिनुपर्ने भएकाले आकस्मिक बैठक बोलाइएको हो । एजेन्डा नभए पनि खासगरि छलफलको विषय भनेको लिग नै हो,’ महासचिव राईले भने ।

नेपाली फुटबल अहिले नेतृत्वको रवैयाका कारण अनिर्णयको बन्दी बनिरहेको छ । विभिन्न समितिहरु बनाउनै पर्ने छ । कतिपय नियुक्ती गर्न सकिएको छैन । कार्यसमितिको बैठक भइरहेको छैन । पहिला हामी आफैले चुनावका बेला यसअघिको नेतृत्वलाई जे आरोप लगाएका थियौं, त्यही काम अहिले भइरहेको छ । कुशासनको सिमाना नाघिसकेको छ ।

राईले पुसमा पूर्ण बैठक बस्ने भन्ने निर्णय नभई सहमति रहेको बताउँदै त्यसको गृहकार्य आवश्यक भएकाले यो आकस्मिक बैठक बोलाएको बताए ।

‘नेतृत्व एकलौटी तरिकाले एन्फा चलाउने उद्देश्यमा उद्दत देखिन्छ । उहाँहरु आफ्नो स्वार्थ जोडिएको विषयमा मात्र निर्णय गराउने बाँकी सबथोक अलपत्र छोड्ने योजनामा हुनुहुन्छ । उहाँहरुलाई फुटबलसँग कुनै सरोकार छैन । खाली फुटबलको बहानामा उहाँहरु आफ्नो दुनो सोझ्याउन मात्र चाहनुहुन्छ,’ एन्फाका एक उपाध्यक्षले भने, ‘नेपाली फुटबल अहिले नेतृत्वको रवैयाका कारण अनिर्णयको बन्दी बनिरहेको छ । विभिन्न समितिहरु बनाउनै पर्ने छ । कतिपय नियुक्ती गर्न सकिएको छैन । कार्यसमितिको बैठक भइरहेको छैन । पहिला हामी आफैले चुनावका बेला यसअघिको नेतृत्वलाई जे आरोप लगाएका थियौं, त्यही काम अहिले भइरहेको छ । कुशासनको सिमाना नाघिसकेको छ ।’

पंकजविक्रम नेम्वाङको नेतृत्वमा वर्तमान कार्यसमिति निर्वाचित भएपछिको दोस्रो वैठकमा नियुक्तीको विषयमा कुरा बाझ्दा तीन पटकसम्म बैठक स्थगित भएको थियो । त्यसयता एन्फाको पूर्ण बैठक बस्न सकेको छैन । एन्फाका ती उपाध्यक्षले त्यतिबेला पनि अध्यक्ष नेम्वाङले ‘नियतवश’ बैठक रोकेर एन्फालाई एकतर्फी रुपमा चलाउन प्रयास गरेको आरोप लगाए ।

महासचिव राईले भने अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुको बीचमा छलफल भएरै बैठक बोलाइएको बताए । ‘नेतृत्वले छलफल गरेरै गृहकार्य आवश्यक ठानेर बैठक बोलाएको हो । बाँकी कुरा उहाँहरुले जान्ने हो,’ महासचिव राईले भने ।

‘अहिले पनि उहाँले त्यही गर्न खोज्नुभएको छ । उहाँहरु सीमित तीनचार जनाले फुटबल हाक्न खोजिरहनुभएको छ । पहिला सामूहिक नेतृत्व भन्नुभयो, अहिले त्यसको ठिक उल्टो गरिरहनुभएको छ,’ उनले भने, ‘यो बैठक पनि त्यही षडयन्त्रको अर्को शृंखला हो । उहाँ सकेसम्म कार्यसमितिका साथीहरुलाई फुटाउने र ससाना लोभ देखाएर आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहनुभएको छ । त्यसमा सफल हुनुहुन्न ।’

उनका अनुसार नगरि नहुने थुप्रै काम भएका बेला विना एजेन्डाको बैठक बोलाउनु भनेको आफ्नो दुनो सोझ्याउनका लागि गरिएको एउटा चाल हो । ‘यो भनेको कामकुरो एकातिर, कुम्लोबोकी कतातिर भनेजस्तो हो,’ उनले थपे ।

जवकि महासचिव राईले भने अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुको बीचमा छलफल भएरै बैठक बोलाइएको बताए । ‘नेतृत्वले छलफल गरेरै गृहकार्य आवश्यक ठानेर बैठक बोलाएको हो । बाँकी कुरा उहाँहरुले जान्ने हो,’ महासचिव राईले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो