टेबल टेनिस

१० सदस्यीय टेबल टेनिस टोली कोरिया जाने

काठमाडौं । दोश्रो एसपिसीए टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ ।

जुनियर खेलाडीमा योङगी पौडेल, एस्टर चौधरी र आशिष महता रहेका छन् । भेट्रान खेलाडीमा पूर्णशंकर श्रेष्ठ, सुमन खड्गी, अरोजकुमार खड्गी, सुरेन्द्र शाही र संघरत्न डंगोल रहेका छन् । प्रशिक्षकमा आइटिटीएफ लेभल २ सर्टिफाइड टेबल टेनिस प्रशिक्षक ज्याकी महर्जन छन् ।

प्रतियोगिता अप्रिल १० देखि १८ तारिखमा हुनेछ । टेबल टेनिसमा ओलम्पिककी स्वर्ण विजेता दक्षिण कोरियाकी याङ योङ जाको निमन्त्रणामा दक्षिण कोरिया जाने लागेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

प्रतियोगितापछि जुनियर खेलाडी दक्षिण कोरियामै तीन महिने प्रशिक्षणमा सहभागी हुने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आइतबार बिदाइ गरे ।