मुवाँथाई च्याम्पियनसिप

करिश्मा डब्ल्युबिसी मुवाँथाई च्यम्पियन

पोखरा । करिश्मा कार्कीले डब्ल्युबिसी मुवाँथाई च्याम्पियनसिपको उपाधि जितेकी छन् ।

पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउन्डमा पराजित गर्दै करिश्मा फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको च्याम्पियन बनेकी हुन् ।

केटिएम सिटी मुख्य प्रायोजक रहेको प्रतियोगिताको सुपर लाइट विधामा भारतका लव कुमारले नेपालका विकास गुरुङलाई हराए भने सुपर फिदर वेटमा सन्तोष कुमार लामाले ज्ञानेन्द्र सिंहलाई पराजित गरे ।

यसैगरी  इलाइट एमेच्योरतर्फ आयुश गुरुङले छिरिङ पाल्देन शेर्पालाई, मिलन तामाङले रोहित कायतलाई, रजिना विष्टले सुष्मा चौधरीलाई, रमित महर्जनले जेन्जी राईलाई, प्रशान्त तामाङले प्रिन्स गुरुङलाई, अमृत गुरुङले अनिश रेग्मीलाई र रोशन घलेले सन्दीप काप्रीलाई पराजित गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी मुख्य अतिथी रहेको प्रतियोगिता पोखराको प्रर्दशनी केन्द्रमा आयोजना भएको थियो । १० वटा फाइट समावेश प्रतियोगितामा २० भन्दा बढी जिल्लाका खेलाडी सहभागी थिए ।