गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता

गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता चैतमा हुने

मोरङ । स्वर्गीय शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आगामी चैतमा आयोजना हुने भएको छ । 

प्रदेश नम्बर १ को राजधानी विराटनगरको सहिद मैदानमा हुने प्रतियोगिता चैत्र आठ देखी १२ गतेसम्म संचालन हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले जानकारी दिए । यसअघि प्रतियोगिता गत बैशाखमा हुने भनिए पनि कोभिड १९ माहामारीका कारण स्थगित भएको थियो ।

यसअघि २०७५ मा प्रतियोगिताको पहिलो संस्करण झापा र २०७६ को दोस्रो संस्करण माघमा विराटनगरमा आयोजना भएको थियो । प्रतियोगिताको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो । यस्तै, विराटनगरमा भएको दोस्रो संस्करणको उपाधि प्रदेश ५ ले जितेको थियो ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिने नेपाल हक्की संघले जनाएको छ । नेपाल हक्की टोली हाल विश्व वरियतामा ८२ औं स्थानमा रहेको छ ।