बास्केटबल

पुरुष बास्केटबलमा सेमिफाइनल समिकरण पूरा

पोखरा । एपिएफ, बागमती, गण्डकी र त्रिभुवन आर्मी क्लब नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष थ्री बाई थ्री बास्केटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एपिएफले समूह ‘ए’का सबै चार खेल जित्दै आठ अंकका साथ सेमिफाइनलको ढोका खोल्दा आर्मी चार खेलमा तीन जितका साथ सात अंक लिएर अन्तिम चारमा पुग्यो ।

त्यस्तै समूह ‘बी’बाट गण्डकीले सबै चार खेल जितेर आठ तथा चारमध्ये तीन खेल जितेको बागमतीले सात अंक जोड्दै सेमिफाइनलको ढोका खोले ।

पुरुष बास्केटबलतर्फ पनि एपिएफ, बागमती, त्रिभुवन आर्मी क्लब र गण्डकी नै सेमिफाइनल पुगेका छन् ।

समूह ‘ए’बाट आर्मी चार खेलमा चार जितका साथ आठ अंक तथा बागमती चार खेलमा तीन जितका साथ सात अंक लिएर सेमिफाइनल पुगेका हुन् ।

यसैगरी समूह ‘बी’बाट एपिएफ चार खेलमा चार जितसहित आठ अंक तथा गण्डकी चार खेलमा तीन जितसहित सात अंक लिएर अन्तिम चार पुगे ।