बास्केटबल

महिला बास्केटबल: समूह चरणबाटै बाहिरिए मधेस र प्रदेश–१

पोखरा । तनहुँमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको समूह चरणबाटै मधेस प्रदेश र प्रदेश–१ बाहिरिएका छन् । लिग चरणमा दुवै खेलमा पराजित भएसँगै दुवै टिमले अन्तिम चारमा स्थान बनाउन सकेनन् ।

लिग चरणमा मधेस प्रदेश त्रिभुवन आर्मीसँग ७१–१३ र सुदूरपश्चिम प्रदेशसँग ४५–२१ को अन्तरमा पराजित भएको थियो ।

यसैगरी प्रदेश–१ ले बागमती प्रदेशसँग ७५–२४ र गण्डकी प्रदेशसँग ५२–३१ को नतिजामा हार व्यहोरेको थियो ।सेमिफाइनल खेलमा समूह क बाट आर्मी र सुदूरपश्चिम प्रवेश गरेको छ भने समूह ख बाट बागमती र गण्डकी प्रवेश गरेको छ ।