खोखो

खोखोमा सुदूरपश्चिम र लुम्बिनी विजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत खोखोको सोमबार बिहान भएको पुरुषतर्फको खेलमा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा दोस्रो दिन भएको पहिलो खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई १८–४ को नतिजामा पराजित गर्यो ।

त्यस्तै, दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ माथि जित निकालेको छ । लुम्बिनीले १६ अंक ल्याउँदा प्रदेश नं १ जम्मा ४ अंकमा समेटिएको थियो ।

आइतबार समय अभावका कारण रोकिएको एक खेल पनि सोमबार बिहान नै खेलाइएको छ । आइतबार साँझ ढिलाइ भएका कारण बागमती प्रदेश र सुदूरपश्चिमबीचको महिला टोलीको खेल सोमबार सरेको थियो ।