माघ १९, २०८२ सोमबार | ०५:३९:०५
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’

काठमाडौं । अर्को वर्ष सेप्टेम्बरमा जापानको आइची र नायोगामा हुने २०औं एसियाली खेलकुदको आयोजक कमिटीले कुनै पनि देशको राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी)बाहेक अरु कसैले पनि सहभागिताका लागि खेल वा खेलाडीको दर्ता गराउन नसक्ने बुधबार प्रष्ट पारेको छ ।

नेपालमा एनओसी र युवा तथा खेलकुद मन्त्रालयबीच पछिल्लो समय पानी बाराबारको अवस्था रहँदा मंगलबार दुवै संस्थाले २०औं एसियाडमा सहभागिताका लागि छुट्टाछुट्टै खेल सूचि दर्ता गराएको बताएका थिए ।

एनओसीले पत्रकार सम्मेलन गरेर संघहरुसँगको समन्वयमा इच्छुक ३० खेल दर्ता गराएको जनाएको थियो ।  लगत्तै मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको एनओसी अवैधानिक भएकाले मन्त्री तेजुलाल चौधरीले आफै ३१ खेल दर्ता गराएको दाबी गरेका थिए ।

ओलम्पिकको छातामुनि हुने खेल मेलामा कुनै पनि देशको सहभागिता गराउने अधिकार एनओसीसँग मात्र रहने प्रावधान भए पनि नेपाली खेलकुदका दुई ठूला संस्थाले आ–आफ्नै दाबी गर्दा खेलाडी र खेलकुद अन्योलमा थियो ।

तर बुधबार आयोजक कमिटीले मन्त्रालयलाई पत्राचार गर्दै एनओसीबाहेक अरु कसैको पनि दर्ता वा कुनै पनि खालका अनुरोध स्वीकार गर्न नसकिने प्रष्ट पारेको छ ।

जापान एसियाड आयोजक कमिटीका सहायक महानिर्देशक तोरु कोबायाशीले युवा तथा खेलकुद मन्त्रालयलाई पठाएको पत्रमा ‘आयोजक कमिटीले सम्बन्धित देशको एनओसीबाहेक अरु कसैले गरेको अनुरोध वा दर्ता स्वीकार नगर्ने कुरा बुझ्न’ सुझाएका छन् ।

उनले लेखेका छन्, ‘तपाईंको पत्र मैले पाएँ । नेपालबाट खेलको संख्या दर्ता विषयमा यो जवाफ लेख्दैछु । खेलको दर्ता एनअ‍ोसीले मात्र गर्नुपर्छ । जुन नेपालको हकमा एनओसीले समयसिमाभित्र गरिसकेको छ र त्योमात्र स्वीकार्य हुन्छ । थप केही जिज्ञासा भए मलाई वा ओसिएको ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गर्छु ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।