काठमाडौं । स्पेनले युइएफए महिला च्याम्पियनसिपमा सोमबार बेल्जियमविरुद्ध ६-२ को सहज जित दर्ता गरेको छ ।
लगतार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको स्पेनले समूह ‘बी’ बाट क्वार्टरफाइनलमा स्थान पाक्का गरेकाे छ । यतादुवै खेलमा पराजित बेल्जियम भने बाहिरिएकाे छ ।
पहिलो खेलमा स्पेनले पोर्चुगललाई पराजित गर्दा बेल्जियमले इटालीसँग हार बेहोरेको थियो ।
स्विट्जरल्यान्डको स्टकहर्न एरिना स्पेनलाई जित दिलाउन एलेक्सिया पुटेलासले दुई तथा कप्तान इरेन परेडेस, एस्थर गोन्जालेज, मारियोना काल्डेन्टे र क्लाउडिया पिनाले समान एक गोल गरे । बेल्यियमका लागि जस्टिन भान्हाभरमेट, हन्ना युरलिंग्सले गोल फर्काए ।
खेलको २२औं मिनेटमा पुटेलासको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । दुई मिनेटमै भान्हाभरमेटले बेल्जियमलाई बराबरीमा ल्याइन् ।
पेरेडेसले ३९औं मिनेटमा गोल गर्दा स्पेन २१ ले अगाडि बढ्यो । ५०औं मिनेटमा युरलिंग्सले गोल गरेपछि बेल्जियम २२ को स्थितीमा आयो ।
त्यसको दुई मिनेटपछि नै गोन्जालेजले स्पेनको अग्रता ३-२ मा पुर्याइन् । ६१औं मिनेटमा काल्डेन्टेले टोलीका लागि चौथो गोल गरिन् ।
पिनाले ८१औं मिनेटमा गोल गर्दा स्पेनले ५-२ को फराकिलो अग्रता लियो । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा पुटेलासले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई सानदार जित दिलाइन् ।