असार २४, २०८२ मंगलबार | २२:२०:००
यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी संकटाकाे लगातार दोस्रो जित प्याट्रिक फर्काउँदा एन्फा हार्छ ? बंगलादेश जाने यु-२० टोलीको बिदाइ बिर्सना चौधरी यु-२० टोलीको कप्तान मछिन्द्रको एकतर्फी जित टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग जावलाखेलले आर्मीलाई हरायो एसी मिलान जाने भए लुका मोड्रिच आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी संकटाकाे लगातार दोस्रो जित प्याट्रिक फर्काउँदा एन्फा हार्छ ? बंगलादेश जाने यु-२० टोलीको बिदाइ बिर्सना चौधरी यु-२० टोलीको कप्तान मछिन्द्रको एकतर्फी जित टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग जावलाखेलले आर्मीलाई हरायो एसी मिलान जाने भए लुका मोड्रिच आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

बंगलादेश जाने यु-२० टोलीको बिदाइ

बंगलादेश जाने यु-२० टोली, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ ।

मंगलबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, उपाध्यक्ष दावा लामा, प्रवक्ता सुरेश शाह, केन्द्रिय सदस्य मनिष जोशी, सरिला श्रेष्ठलगायतले नेपाली टोलीको बिदाइ गरे ।

साफ यु-२० च्याम्पियनसिप जुलाई ११ देखि २२ सम्म बंगलादेशमा हुँदैछ ।

पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाललले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेश तथा जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ ।

यस्तै नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ । सहभागिता चार टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्यानम्पियन बन्नेछ ।

बिर्सना चौधरीलाई कप्तानको जिम्मेवारी दिइएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ, सहायक प्रशिक्षकमा सन्देश कुमार श्रेष्ठ र किरणकुमार कार्की छन् । त्यस्तै गोलकिपर प्रशिक्षकको जिम्मेवारीमा मिनबहादुर बस्नेत र टिम म्यानेजरमा इन्दु दुवाल छिन् ।

नेपाली टोली
लिला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, बिर्साना चौधरी (कप्तान), गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बु , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY