काठमाडौं । संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा संकटाले न्युरोड टिम (एनआरटी) विरुद्ध ३-० को सहज जित निकाल्यो ।
लगातार दोेस्रो जितसँगै संकटाले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित एनआरटी अंकविहिन छ ।
पहिलो खेलमा संकटाले सातदोबाटो युथ क्लबलाई हराउँदा एनआरटी पुलिससँग पराजय बेहोरेको थियो ।
संकटालाई जित दिलाउन प्रजलकुमार लुम्रेले दुई र नवराज तिरुवाले एक गोल गरे ।
खेलको ३६औं मिनेटमा प्रजलको गोलमार्फत संकटाले अग्रता लिएको थियो । तीन मिनेटपछि प्रजलले नै टोलीको अग्रता दोब्बर बनाए ।
नवराजले ७२औं मिनेटमा गोल गर्दै संकटालाई ३-० को सहज जित दिलाए ।
भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY