असार २४, २०८२ मंगलबार | २२:०१:४२
यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी संकटाकाे लगातार दोस्रो जित प्याट्रिक फर्काउँदा एन्फा हार्छ ? बंगलादेश जाने यु-२० टोलीको बिदाइ बिर्सना चौधरी यु-२० टोलीको कप्तान मछिन्द्रको एकतर्फी जित टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग जावलाखेलले आर्मीलाई हरायो एसी मिलान जाने भए लुका मोड्रिच आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी संकटाकाे लगातार दोस्रो जित प्याट्रिक फर्काउँदा एन्फा हार्छ ? बंगलादेश जाने यु-२० टोलीको बिदाइ बिर्सना चौधरी यु-२० टोलीको कप्तान मछिन्द्रको एकतर्फी जित टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग जावलाखेलले आर्मीलाई हरायो एसी मिलान जाने भए लुका मोड्रिच आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

बिर्सना चौधरी यु-२० टोलीको कप्तान

नेपाली टोलीकी कप्तान बिर्सना चौधरी (बीच), तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं ।  मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपका लागि मिडफिल्डर बिर्सना चौधरीलाई नेपाली टोलीको कप्तानको जिम्मेवारी सुम्पिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मंगलबार आयोजना गरेकाे बिदाइ कार्यक्रममा बिर्सनालाई कप्तान बनाइएको जानकारी दिइएको हो । विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी बिर्सना अहिले भुटानको ट्रान्सपर्ट युनाइटेडमा आबद्ध छिन् ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप जुलाई ११ देखि २२ सम्म बंगलादेशमा हुँदैछ ।

पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाललले जुलाई ११ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले जुलाई १३ मा घरेलु टोली बंगलादेश तथा जुलाई १५ र १७ मा श्रीलंकाको सामना गर्नेछ ।

यस्तै नेपालले जुलाई १९ मा भुटान र २१ मा बंगलादेशसँग फेरि खेल्ने तालिका छ । सहभागिता चार टोलीले एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्यानम्पियन बन्नेछ ।

नेपाली टोली
लिला जोशी,  करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, बिर्साना चौधरी ( कप्तान), गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बु , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY