काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप इन्ड ट्वान्टी-२० शृंखलको पहिलो खेलमा स्थानिय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्ने भएको छ ।
आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुईबीचको खेल अगस्ट १५ मा हुनेछ ।
यसैगरी नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
नेपालले ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप जुलाई १४ देखि २४ सम्म डार्विनमा हुने प्रतियोगिता खेल्न लागेको हो ।
प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुनेछ ।
नेपालले सहभागिता जनाउने ट्वान्टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ । त्यसअघि नेपालले वेस्ट इन्डिजसँग पनि तीन खेलको ट्वान्टी-२० शृंखला खेल्ने तालिका छ ।