असार २३, २०८२ सोमबार | १२:४०:४३
अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित

दोस्रो टेस्टमा भारत विजयी

काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भाररले ३३७ रनको सानदार जित दर्ता गरेको छ ।

जितसँगै पाँच खेलको टेस्ट शृंखला १-१ को बराबरीमा पुगेको छ । पहिलो टेस्टमा घरेलु टोली इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो ।

बेलिङ्घमस्थित एजबास्टन ६०८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २७१ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि जेमी स्मिथले ९९ बलमा ९ चौका र चार छक्कासहित सर्वाधिक ८८ रनको योगदान गरे । बायडेन कार्सेले ३८, कप्तान बेन स्टोक्सले ३३, बेन डकेटले २५, ओली पोपले २४ तथा ह्यारी ब्रकले २३ रन बनाए ।

भारतका लागि आकाश दिपले ६ तथा मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, वासिंटन सुन्दर र रविन्द्र जडेजाले समान एक विकेट लिए ।

भारतले ४२७ ६ को स्थितीमा दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि इङ्ल्यान्डले ६०८ रनको लक्ष्य प्राप्त गरेको थियो ।

भारतका लागि कप्तान शुभमन गिलले १६२ बलमा १३ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १६१ रनको योगदान गरे । यसैगरी रविन्द्र जडेजाले अजिजित ६९, ऋषभ पन्तले ६५, केएल राहुलले ५५, यशस्वी जैसवालले २८ र करुण नायरले २६ रन बनाए ।

इङ्ल्यान्डका लागि जोस टंग र सोयब बसिरले समान दुई तथा बायडेन कार्से र जो रुटले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङमा ५८७ रन जोडेको थियो । ४०७ रन बनाएको इङ्ल्यान्ड पहिलो इनिङमा १८० रनले पछि परेको थियो ।

तेस्रो टेस्ट बिहिबारबाट लड्स क्रिकेट मैदानमा सुरु हुनेछ ।


भिडियो
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING