फाल्गुन २७, २०८२ बुधबार | ०३:२९:१५
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने

फाइल तस्विर ।

काठमाडौं । साबिक विजेता नेपाल एसीसी यु-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँगको सामना गर्ने भएको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङविरुद्ध चार विकेटको जित निकाल्यो ।

यता बिहीबारै सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालिाई ९ विकेटले हरायो ।

मलेसियाको वाइएसडी युकेएम ओभरमा हङकङले प्रस्तुत गरेको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

सिंगापुरका लागि स्वरित ठाकुरले ७५ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५१ रनको योगदान गरे । यसैगरी कप्तान रियान नाइकले ३१, रोहन अस्टिन अरुणले २५ र आहान वुथान्डमले १७ रन बनाए ।

हङकङका लागि कप्तान प्रित किशोरकुमारले दुई तथा अभिमन्यु गणेशन, हरिशंकर वेंकटेश र मोहम्मद अबुजार अलीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ४३ ओभरमा सबै विजकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि रियान्श शर्माले ४६, प्रित किशोरकुमारले ४२, श्रेय निलेशकुमारले १६, वीर माथुरले १५, डेक्लान चर्चले १३ र ऋषी भुटानीले १२ रन बनाए ।

सिंगापुरका लागि युभान पाण्डेले चार, आकाश तेजाले तीन तथा वेदान्श गुप्ता, कपिश वेंकटरमन र आहान वुथान्डमले समान एक विकेट लिए ।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ । नेपाल र सिंगापुर दोस्रो पटक आमने सामने हुन्ँदैछन् । समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||