श्रावण २, २०८२ शुक्रबार | ०३:३६:४६
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने

फाइल तस्विर ।

काठमाडौं । साबिक विजेता नेपाल एसीसी यु-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँगको सामना गर्ने भएको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङविरुद्ध चार विकेटको जित निकाल्यो ।

यता बिहीबारै सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालिाई ९ विकेटले हरायो ।

मलेसियाको वाइएसडी युकेएम ओभरमा हङकङले प्रस्तुत गरेको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

सिंगापुरका लागि स्वरित ठाकुरले ७५ बलमा पाँच चौका र तीन छक्काको मद्दतले अविजित ५१ रनको योगदान गरे । यसैगरी कप्तान रियान नाइकले ३१, रोहन अस्टिन अरुणले २५ र आहान वुथान्डमले १७ रन बनाए ।

हङकङका लागि कप्तान प्रित किशोरकुमारले दुई तथा अभिमन्यु गणेशन, हरिशंकर वेंकटेश र मोहम्मद अबुजार अलीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङले ४३ ओभरमा सबै विजकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि रियान्श शर्माले ४६, प्रित किशोरकुमारले ४२, श्रेय निलेशकुमारले १६, वीर माथुरले १५, डेक्लान चर्चले १३ र ऋषी भुटानीले १२ रन बनाए ।

सिंगापुरका लागि युभान पाण्डेले चार, आकाश तेजाले तीन तथा वेदान्श गुप्ता, कपिश वेंकटरमन र आहान वुथान्डमले समान एक विकेट लिए ।

प्रतियोगिताको फाइनल शनिबार हुनेछ । नेपाल र सिंगापुर दोस्रो पटक आमने सामने हुन्ँदैछन् । समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach