श्रावण २, २०८२ शुक्रबार | ०३:२९:४७
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन

गत संस्करणका कप्तान अनिल साह, फाइल तस्विर ।

काठमाडौं । साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कप्तान अनिलकुमार साह र स्पिनर ललितनारायण राजवंशीसहित ६ खेलाडीलाई रिटेन गरेको छ ।  

 जनकपुरले रिटेन गरेका खेलाडीमा अनिल र ललितसहित शुभ कंसाकार, किशोर महतो, तुलबहादुर थापामगर र रुपेश सिंह छन् ।

टोलीले यसअघि नै दोस्रो संस्करणका लागि पनि मार्कीमा आसिफ शेखलाई नै निरन्तरता दिने निर्णय गरिसकेको थियो ।

अनिलको कप्तानीमा टोलीले गत सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो । तर चोटका कारण उनले प्ले अफ र फाइनल खेल भने गुमाएका थिए ।

अनिलको अनुपस्थितिमा आसिफले कप्तानी जिम्मेवारी सम्हालेका थिए । यसैगरी टाेलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निभाएका ललितले १७ विकेट लिएका थिए ।

 ललितनारायण राजवंशी ।

यसैगरी तीव्र गतिका बलर किशोरले १४ विकेट लिएका थिए । रुपेशले भने चोटकका कारण प्रतियोगिता गुमाएका थिए ।

जनकपुरले पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् ।   दोस्रो संस्करणका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ ।

हालसम्म सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले खेलाडी रिटेन गरिसकेका छन् ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach