काठमाडौं । मैतिदेवीस्थित युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ ।
यसैगरी उनी कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना पनि भएकी छन् । इन्दुलाई कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डन, एकेडेमिक इन्चार्ज तिर्थराज घिमिरेलगायतले स्वागत गरेका थिए ।
इन्दुको नियुक्तिले खेलकुद तथा अध्ययनलाई सँग-सँगै अगाडि बढाउन खोज्ने आम विद्यार्थीलाई प्रेरणाको श्रोत हुने विश्वास गरिएको छ । क्याप्टेन वर्मालाई शैक्षिक तथा खेल जीवनका लागि आवश्यक सबै किसिमको सहयोग गरिने प्रतिबद्धता प्रिन्सिपल डा. ज्ञवालीले व्यक्त गरे ।
‘२८ वर्ष लामो गौरवमय शैक्षिक इतिहास बोकेको कलेजको ब्राण्ड एम्बासडर तथा विद्यार्थी हुन पाउँदा मलाई मेरो खेल जीवन र अध्ययनमा थप आत्मविश्वास तथा हौसला मिलेको छ,’ इन्दुले भनिन् ।