असार १९, २०८२ बिहीबार | १३:१०:३०
एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर

उज्वेकिस्तानको फराकिलो जित

काठमााडौं । घरेलु टोली उज्वेकिस्तानले एसिसी महिला एसियन कप छनोटमा बुधबार लाओसविरुद्ध ७-० को फराकिलो जित दर्ता गरेको छ ।  

योसँगै समूह ‘सी’ मा अपराजित रहेका नेपाल र उज्वेकिस्तानकाे समान दुई खेलबाट ६ अंक भएकाे । दुवै टोलीको गोलअन्तर पनि समान १७ रहेको छ। लाओस र श्रीलंका भने एक अगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० तथा  उज्वेकिस्तानले श्रीलंकालाई १०-० ले पराजित गरेका थिए । अब शनिबार हुने नेपाल र उज्वेकिस्तानबीचकाे खेलले एसियन कपमा छनाेट हुने टाेलीकाे टुंगाे लाग्नेछ । 

बुन्योदकोर रंगशालामा उज्वेकिस्तानलाई जित दिलाउन माफ्तुना शोयिमोभा र निलुफर कुद्रातोभाले समान दुई तथा डियोराखोन खाबिबुलेभा, मिदा जोइरोभा, फेरुजा तुर्डिबोएभा र असालखोन अमिनजोनोभा समान एक गोल गरे ।

खेलको २२औ. मिनेटमा खाबिबुलेभाको गोलमार्फत उज्वेकिस्तानले अग्रता लिएको थियो । जोएरोभले ३४औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् ।

दोस्रो हाफको सुरुआतमै कुद्रातोभाले गोल गर्दा उज्वेकिस्तानको अग्रता ३-० मा पुग्यो । ८१औं मिनेटमा शोयिमोभाले टोलीका लागि चौथो गोल गरिन् ।

 अमिनजोनोभले ८५औं मिनेटमा गोल गर्दा उज्वेकिस्तान ५-० ले अगाडि बढ्यो । इन्जुरी समयमा कुद्रातोभा र शोयिमोभाले व्यक्तिगत दोस्रो गोल गरेपछि  उज्वेकिस्तान ७-० ले विजयी भयो । 

यही समूहको अर्काे खेलमा नेपालले श्रीलंकाविरुद्ध ८-० को फराकिलो जित दर्ता गर्यो ।


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4