फाल्गुन २०, २०८२ बुधबार | २०:३५:४१
त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
शनिबारको दिन

उपाधि रक्षाको अभियानमा यु-१६ नेपाली टिम

काठमाडौं । ‘सबै खेलाडी फिट छन् । हामी सबै पक्षमा बलियो छौं । पछिल्लो एक महिनायता खेलाडीहरू आफ्नो प्रदर्शनमै व्यस्त छन् । सन्तुलित टोली रहेकाले राम्रो प्रदर्शन हुनेमा विश्वस्त छु ।’

यो भनाइ नेपाली प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले एसिसी यु-१६ इस्ट जोन कप क्रिकेटका लागि मलेसिया उड्नुअघि राखेका थिए । प्रतियोगिताको साबिक विजेता रहेकाले प्रमुख दावेदार नेपाल नै थियो । टोली उपाधि रक्षाको अभियान लिएर मलेसिया पुगेको थियो । मैदान खेलाडीको प्रदर्शन पनि प्रशिक्षक चन्दको अनुमानअनुसार नै रह्यो । नेपाल अपराजित रहँदै फाइनल पुगिसकेको छ ।

हालसम्म समूह चरणका चार र सेमिफाइनल गरी पाँच खेल खेल्दा नेपालले कुनै पनि खेलमा त्यति कठिन महसुस गर्नुपरेको छैन । टोलीले आफ्ना प्रतिद्वन्द्वीहरूको चुनौती सहजै पन्छाइरहेको छ ।

समूह चरणमा प्रतिस्पर्धा गर्दै नेपाल र सिंगापुर ।

नेपालले समूह चरणमा सिंगापुरलाई ६ विकेट, जापानलाई ९ विकेट, इन्डोनेसियालाई ३७० रन र भुटानलाई २९८ रनले पराजित गरेको थियो । सेमिफाइनलमा आफ्नो सबैभन्दा बलियो प्रतिद्वन्द्वी मानेको घरेलु टोली मलेसियाविरुद्ध पनि नेपालले ९ विकेटको सानदार जित दर्ता गर्यो ।

पाँच खेल खेल्दा नेपाल अहिलेसम्म अलआउट भएको छैन । दुई पटक पहिलो ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेको थियो भने तीन पटक लक्ष्य पछ्याउने क्रममा ३५ ओभरभित्रै खेल सकाएको छ । 

‘हाम्रो बलियो पक्ष भनेकै बलिङ हो । पछिल्लो समय ब्याटिङमा पनि राम्रो सुधार भइरहेको छ । हामी प्रमुख दाबेदार हौं र जसरी पनि उपाधि रक्षा गरेर आउँछौं,’ प्रशिक्षक चन्द विश्वस्त देखिन्थे । उनको दाबीलाई सही साबित गर्दै नेपालले ब्याटिङ र बलिङ दुवैमा सानदार प्रदर्शन गरिरहेको छ । बलिङमा कप्तान विपिनप्रसाद शर्मा र ब्याटिङमा रौनक श्रीवास्तवले यसको कमान्ड सम्हालिरेहका छन् ।

पाँच खेल खेल्दा नेपाल अहिलेसम्म अलआउट भएको छैन । दुई पटक पहिलो ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेको थियो भने तीन पटक लक्ष्य पछ्याउने क्रममा ३५ ओभरभित्रै खेल सकाएको छ । नेपालले सबै प्रतिद्वन्द्वीलाई अलआउट गरेको छ । हालसम्म पहिले ब्याटिङ गर्दा नेपालले समान एक पटक ३०० र २०० रनमाथि प्रहार गरेको छ । नेपालका लागि रौनक श्रीवास्तव र प्रसिद्ध जैसीले शतक प्रहार गरेका छन् ।

नेपालका लागि सर्वाधिक रनकर्ता रौनक श्रीवास्तव ।

नेपालबाट सबैभन्दा धेरै विकेट कप्तान विपिनप्रसाद शर्माले लिएका छन् । उनले ५ खेलमा ४४ ओभर बलिङ गर्दा ९० रन खर्चिएर १६ विकेट हात पारेका छन् । इन्डोनेसियाविरुद्ध ६ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । विपिनलाई शुभम खनालले १० र अभय यादवले ७ विकेट लिएर साथ दिइरहेका छन् ।

सिंगापुर नेपालका लागि केही सहज प्रतिद्वन्द्वी हुन सक्छ । किनकि यी दुईबीच समूह चरणमा भएको भेटमा नेपाल ६ विकेट विजयी भएको थियो ।

यता रौनक श्रीवास्तवले ५ खेलमा समान एक शतक र अर्धशतसहित सर्वाधिक २९६ रन बनाएका छन् । भुटानविरुद्ध १६८ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो ।  रौनकलाई प्रसिद्ध जैसी २२९ र परिमार्जन यादवले १३२ रनसहित साथ दिइरहेका छन् ।

नेपाल आज शनिबार उपाधिका लागि सिंगापुरको सामना गर्नेछ । सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । सिंगापुर नेपालका लागि केही सहज प्रतिद्वन्द्वी हुन सक्छ । किनकि यी दुईबीच समूह चरणमा भएको भेटमा नेपाल ६ विकेट विजयी भएको थियो ।

नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्मा ।

फाइनल खेल मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाली समयअनुसार बिहान ७ः४५ मा सुरु हुनेछ । अपराजित रहँदै फाइनल पुगेको नेपाल अन्तिम खेलमा पनि त्यसलाई कायम राख्दै उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।