असार २३, २०८२ सोमबार | १६:३१:२७
फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित दोस्रो टेस्टमा भारत विजयी जमाल मुसियाला लामो समय मैदान बाहिर रहने पुलिसको एकतर्फी जितमा समीर कुमारको ह्याट्रिक मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध

अस्ट्रेलियालाई टेस्ट शृंखला

काठमाडौं । अस्ट्रेलियाले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको टेस्ट शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

ग्रानाडास्थित नेसनल क्रिकेट रंगशालामा सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलिया १३३ रनले विजयी भयो ।

जितसँगै तीन खेलको शृंखलामा अस्ट्रेलिया २-० ले अघि बढेको छ । पहिलो टेस्ट अस्ट्रेलियाले १५९ रनले जितेको थियो ।

अस्ट्रेलियनले २७७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १४३ रनमै समेटियो । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले ३४, शेमार जोसेफले २४, शाई होपले १७, ब्रान्डन किंगले १४, अल्जारी जोसेफले १३, एन्डरसन फिलिप्सले अविजित ११ र केस्सी कार्टी १० रन बनाए ।

अस्ट्रेलियाका लागि नाथन लायन र मिचेल स्टार्कले समान तीन, जोस हेजलउडले दुई तथा कप्तान प्याट कमिंस र ब्यु वेबस्टारले समान एक विकेट लिए ।

अस्ट्रेलियाले दोस्रो इनिङमा २४३ रन बनाएपछि वेस्ट इन्डिजले २७७ रनको लक्ष्य प्राप्त गरेको थियो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ११९ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी क्यारुन ग्रिनले ५२, ट्राभिस हेडले ३९, एलेक्स केरीले ३० तथा मिचेल स्टार्कले १३ रनमा बनाए ।

वेस्ट इन्डिजका लागि  लागि शेमार जोसेफले चार तथा जस्टिन ग्रेभ्स, जेडन सेल्स र एन्डरसन फिलिपले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो इनिङमा २८६ रन बनाएको थियो । २५३ रन मात्रै बनाउन सकेपछि पहिलो इनिङमा वेस्ट इन्डिज ३३ रनले पछाडि परेको थियो ।

तेस्रो तथा अन्तिम टेस्ट आइबार सुरु हुनेछ ।


भिडियो
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING