काठमाडौं । समीर कुमारको ह्याट्रिकप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु- १६ युथ लिगको आफ्नो पहिलो खेलमा आइतबार न्युरोड टिम ( एनआरटी) विरुद्ध ६-० को एकतर्फी जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिसका लागि थप गोल परासन राई, मनिष बनरइती र रिजनराज गौतमले थपे ।
खेलको दोस्रो मिनेटमै गोलपिकर अश्विन राईले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटिएको थियो ।
समीरले १३औं मिनेटमा पुलिसलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा परासनले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसको अग्रता ३-० मा पुग्यो । ६७औं मिनेटमा समीरले ह्याट्रिक पूरा गरे ।
मनिषले ७८औं मिनेट तथा रिजनले खेलको इन्जुरी समयमा गोल गर्दै पुलिसलाई सानदार जित दिलाए ।
भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
