काठमाडौं । समीर कुमारको ह्याट्रिकप्रेरित विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु- १६ युथ लिगको आफ्नो पहिलो खेलमा आइतबार न्युरोड टिम ( एनआरटी) विरुद्ध ६-० को एकतर्फी जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिसका लागि थप गोल परासन राई, मनिष बनरइती र रिजनराज गौतमले थपे ।
खेलको दोस्रो मिनेटमै गोलपिकर अश्विन राईले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटिएको थियो ।
समीरले १३औं मिनेटमा पुलिसलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा परासनले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसको अग्रता ३-० मा पुग्यो । ६७औं मिनेटमा समीरले ह्याट्रिक पूरा गरे ।
मनिषले ७८औं मिनेट तथा रिजनले खेलको इन्जुरी समयमा गोल गर्दै पुलिसलाई सानदार जित दिलाए ।
भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach