काठमाडौं । मलेसियामा सम्पन्न एसिसी यु-१६ इस्ट जोन कप विजेता नेपाली टोलीका सदस्य अभय यादवलाई काठमाडौं क्रिकेट एकेडेमीले सोमबार सम्मान गरेको छ।
एकेडेमीका निर्देशक जगत टमाटा र संचालक मदन कार्कीले अभयलाई खादा ओढाइ सम्मान गरे ।
सर्लाही, मधेश प्रदेश घर भई पछिल्लो चार महिनादेखि एकेडेमीमा नियमित प्रशिक्षणरत रहेका अभयलेले प्रतियोगितामा पाँच खेल खेल्दै १० विकेट लिएका थिए ।
सोहि अवसरमा एकेडेमीका संचालक कार्कीले अभयलाई प्रशिक्षणका लागि पूर्ण छात्रवृत्तिको घोषणा गरेका छन्। ‘अभयले देखाएको मेहनत, अनुशासन र लगावले आजको उपलब्धि सम्भव भएको हो। यस्ता प्रदर्शनबाट अन्य खेलाडी पनि प्रेरित हुनेछन् भन्ने हाम्रो अपेक्षा छ।’ कार्कीले भने।
एकेडेमीका निर्देशक जगत टमाटाले भने,‘कुनै पनि खेलाडीले निरन्तरता, मेहनत र समर्पणका साथ अगाडि बढ्यो भने, अभयले जस्तै सफलता पाउन सक्छ।’
‘खेल्दा देशको भावना चाहिन्छ भन्ने जगत गुरुले सधैं सिकाउनुहुन्थ्यो, मैले त्यसैलाई याद राखेर खेलें। मेहनत गरे सफलता पक्कै मिल्छ,’ अभयले भने ।