काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडीलाई राखेकाे छ ।
यसअघि प्रारम्भिक चरणमा ८९ खेलाडीलाई बोलाइएको थियो ।
एन्फाले सबै खेलाडीलाई खेल सामाग्री (किट) सहित बुधबबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने छन् ।
छनोटको दोस्रो चरणमा रहेका खेलाडी
गोलकिपरः जियारथ शेख, क्रिशल मोक्तान, अमित टमाटा, विशाल केसी, योगेश धिमाल, रोबिन बोगोटी, अमरबहादुर नेवार, विकेक मगर
रक्षकः सिमान्त थापा, आश्विन घोरासैनी, दीपक थापा, सविन घिमिरे, आयुष तिमिल्सिना, शंकर थारु, राम थापा, सुदीप केसी, विवेक गुरुङ, अभिषेक वाइबा, विक्रम तामाङ, विशाल नेपाली, सिशन दानी, मोहित गुरुङ, खेमराज श्रेष्ठ, निग्मा घिसिङ, अनिश परियार, गौरव महर्जन, निशानराज लावत, लहान सुब्बा, नोर्बु लामा
मिडफिल्डरः कृष्ण आले, पुजन थापा, सरोज दर्लामी, सञ्जीव लामा, जन्मजय धामी, प्रशान्त लक्क्षम, अभि स्याङताङ, रोजल दाहाल, पेम्बा लामा, दिपेश गुरुङ, लच्छु थापा, सविन लुङ्गेली, निरोज कार्की, विज्ञान खड्का, आरोन थापा, दिकेश लामा
फरवार्डः सुजन डंगोल, दिपेश चाम्लिङ, अनिल बाेम्जन, रोहन खड्गी, अनिश क्षेत्री, सुजन मगर, निराजन धामी, ओम दानी