काठमाडौं । बेलायतको चेल्टेनह्याममा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली उमा कुङफु खेलाडी भुपेन्द्र गुरुङले स्वर्ण र सुदेन गुरुङले रजत पदक जितेका छन् ।
भुपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७, ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक जोड्दै स्वर्ण पदक हासिल गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
भुपेन्द्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
यता सदेनले ट्रेडिसनल चाइनिज फममा रजत पदक जिते । उनले २६.१ स्कोर गरे । सुदेनको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोयगता हो ।
प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेडरल्यान्ड, कोस्टारिका,इस्टोनियालयागतका राष्ट्रबाट ४१५ खेलाडीले सहभागिता जनाएको अध्यक्ष राईले बताए ।