चैत्र ५, २०८२ बिहीबार | १९:३५:१२
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

राखेप अवार्डः खो-खो टोली उत्कृष्ट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले आफ्नो ६२औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो-खो टोलीलाई उत्कृष्ट अवार्डसहित शुक्रबार पुरस्कृत गरेको छ ।

सिनियरतर्फ पुरस्कृत भएका दुवै टाेलीलाई १ लाख रुपैयाँसहित ट्रफी प्रदान गरियो । दुवै टिमले भारतमा भएको प्रथम खो-खो विश्वकप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत पदक जितेका थिए ।

खो-खो टिमसँगै जुनियरमा दुई र पारामा एक खेलाडी, १० कर्मचारी, तथा एक राष्ट्रिय खेल संघ,  एक प्रायोजक, दुई पत्रकार र एक स्थानियलाई सम्मान गरियो ।

जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार रुपैयाँसहित पुरस्कृत भए । अर्पिलले थाइल्यान्डमा भएको एसियाली यु-२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यु-१९ मा कांस्य जितेका थिए । पूजाले विश्वकप एसियाली छनोटमा २७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन् ।

पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन् । पलेशाले पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक तथा मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितेकी थिइन् ।

उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल क्रिकेट संघ (क्यान) १ लाख  रुपैयाँसहित पुरस्कृत भयो । उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेसनल प्रालि र उत्कृष्ट स्थानिय तहमा बागमती गाउँपालिका, मकवानपुरलाई पुरस्कृत गरियो । उत्कृष्ट खेलकुद पत्रकारको पुरुषमा खेलाडी डट कमका अञ्जन खड्का र महिलामा मेरो खेल डट कमकी लक्ष्मी शाक्य जनही २० हजारसहित सम्मान भए ।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल ९प्रशासन० तथा दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए । दुवैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघ संस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए । करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए । परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार रुपैयाँ  प्राप्त गरे ।

उनीहरूलाई राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, उपाध्यक्ष ध्रुव आचार्य,  सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।