माघ ४, २०८२ आइतबार | १९:३९:३५
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

समिममिया अन्सारीसँग हाम्रो कुनै सम्बन्ध छैनः नेपाल कुस्ती संघ

काठमाडौं । पूर्व वरिष्ठ उपाध्यक्ष समिममिया अन्सारीसँग कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दै  नेपाल कुस्ती संघले  ध्यानाकर्षण पत्र जारी गरेको छ ।

पछिल्लो समय नेपाल ओलम्पिक कमिटी (एनओसी) विवादमा मुछिएका अन्सारीले आफू कुस्तीको प्रतिनिधि रहेको बताएपछि संघले बुधबार महासचिव खगेन्द्रबहादुर बस्नेतको हस्ताक्षरसहित आफ्नो धारणा सार्वजनिक गरेको हो । 

सर्वोच्च अदालतले २०७७ मै अध्यक्ष राज मोहम्मद मिया अन्सारी र वरिष्ठ उपाध्यक्ष समिम मिया अन्सारीको संघलाई खारेज गरेको थियो । यसैगरी २०८० चैत ४ मा भएको साधारणसभाले प्रकाशकुमार कुसारीलाई नयाँ अध्यक्षमा चयन गरेको थियो ।

संघले यसअघिको विवाद अदालतले टुंगो लगाइ सकेको र कुसारीको नेतृत्वमा रहेको संघले सरकारी तथा अन्तर्राष्ट्रिय मान्यता पनि पाइसकेको बताएको छ ।  

‘वर्तमान समयमा  नेपाल कुस्ती संघसँग कुनै सरोकार नभएका व्यक्तिले संघको नाम लिदै गरेको गतिविधिमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ,’ पत्रमा भनिएको छ,‘ ‘नेपाल कुस्ती संघको नाम लिएर अन्य कुनै व्यक्ति विशेषले गरेको काममा हाम्रो पूर्ण असहमति छ । हाल एनओसीको तदर्थ समितिको प्रवक्ताका रूपमा समिममिया अन्सारीको नाम कुस्तीसँग जोडिएका कारण निजको यो संघसँग कुनै सम्बन्ध नरहेको जानकारी गराउँदछौ ।’

जीवनराम श्रेष्ठ विधान संसोधन गर्दै तेस्रो कार्यकाल एनओसीको अध्यक्ष भएपछि विवादले नयाँ मोड लिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलिम्पिक काउन्सिल अफ एसिया (एसिए) ले श्रेष्ठ  नेतृत्वकाे कमिटिलाई नै मान्यता दिइसकेको भए पनि नेपाल सरकारले  भने  यसलाई अवैधानिक मान्दै तदर्थ समिति गठन गरेको छ ।

तदर्थ समितिको संयोजकमा एनओसीकै पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate