माघ ४, २०८२ आइतबार | १९:३८:१७
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा नारायणदेव राणाको उम्मेदवारी

काठमाडौं। पूर्व कराते खेलाडी तथा प्रशिक्षक नारायणदेव राणाले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको भातृ संगठनको रूपमा ११ वर्ष अगाडि गठित लोकतान्त्रिक खेलकुद संघको निर्वाचन यहि भदौ २२ गते  हुँदैछ । निर्वाचनमा देशभरीबाट ९०० भन्दाबढि खेलकुदमा आवद्ध व्यक्तिले मतदान गर्नेछ । 

नारायणदेव नेपाली कांग्रेस ललितपुर क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि हुन् ।

नारायणदेवले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा बागमती प्रदेशका पुर्व खेलकुद मन्त्री मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, करातेका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ (माने), साफका स्वर्णधारी गंगाराम महर्जन, रवि महर्जन लगातयको उपस्थिति थियो ।

नारायणदेवले निस्कृय संघलाई चलायनमान बनाउने र संघको उदेश्य अनुसारको काम गर्ने लक्ष्यका साथ नेतृत्वमा आउने चाहेको धारणा राखे । ‘खेलकुद विकासको ठूलो जिम्मेवार निकाय रहेर पनि विगतमा हाम्रो संगठनले खेलकुद क्षेत्रमा खासै प्रभावकारी काम गर्न सकेको देखिएन । मेरो लक्ष्य निस्कृय संघलाई चलायनमान बनाउने र उदेश्य छुने हो,’ कार्यक्रममा नारायणदेवले भने ।

पुर्व मन्त्री महर्जनले खेलकुद क्षेत्रमा गर्ने प्रशस्त कामहरु भएता पनि विगतको नेतृत्व असक्षम बनेकोले लोकतान्त्रिक खेलकुद संघ जोगाउन राणाको समर्थनमा आएको बताए। उनले भने, ‘पुरानो नेतृत्वले काम नै गरेन । अब काम गर्ने सक्षम व्यक्ति त चाहियो । नारायणदेवमा त्यो क्षमता छ ।’

नारायाणदेवले राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघमा सन् २००७ र सन् २०१० मा गरी दुई पटक अध्यक्षको जिम्मेवारीमा रहँदा आफ्नो नेतृत्व क्षमता पुष्टि गरेका थिए ।

कराते खेलाडीका रूपमा सन् १९८५ देखि १९९९ सम्म सक्रिय रहँदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएका नारायणदेवले १९९२ को दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण तथा १९९१ को एसियन एसकेएफ शिखर कराते डो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए ।

उनले प्रशिक्षकको रूपमा २००६ दोहा एसियाड, २०१२ हडकड र २०१८ इन्डोनेसिया एसिया प्यासिफिक कराते प्रतियोगितामा नेपाली टोलीलाई नेतृत्व गरेका थिए ।

करातेको अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा पनि उनले लामो समय योगदान गरेका छन्। नारायाणदेवले नेपाल कुस्ती संघको अध्यक्षको जिम्मेवारी पनि समहालीसकेका छन् । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate