माघ ४, २०८२ आइतबार | १९:३९:३४
एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार

एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन

भेटघाटपछि मन्त्री चौधरी र सदस्यसचिव घिसिङसँग सामूहिक तस्बिरमा एनओसी तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु । तस्बिर सौजन्यः युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को तदर्थ समितिले शुक्रबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङसँग भेटेको छ ।

एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान नेतृत्वको तदर्थ समितिले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री चौधरी र सदस्यसचिव घिसिङसँग भेटेको मन्त्रालयले जनाएको छ । उक्त अवसरमा मन्त्रालयका खेलकुदसो अवसरमा मन्त्री चौधरीले सरकारसँगको समन्वयमा आफ्ना गतिविधिहरु अगाडि बढाउन तदर्थ समितिलाई निर्देशन दिएका थिए । महाशाखा प्रमूख रामचरित्र मेहताको पनि उपस्थिती रहेको बताइएको छ ।

सरकारी समर्थनमा गठित तदर्थ समितिको नेतृत्वले भेटमा आफ्ना योनजाहरु सुनाउँदै अर्को वर्ष जापानमा हुने एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता पक्का गर्ने पहल सुरु गरिहाल्ने बताएको थियो । 

जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीलाई सरकारले अवैधानिक भन्दै आएको छ । श्रेष्ठ नेतृत्वको एनओसीसँग सबैखाले सम्बन्ध विच्छेद गरेको सरकारले त्यसको विकल्प खोज्ने क्रममा तदर्थ समिति गठनको पहल गरेको थियो ।

मन्त्री स्वयमले अघिल्लो साता आफू नयाँ एनओसी गठनको प्रक्रियाको अन्तिम चरणमा रहेको र चाँडै गठन गर्ने बताएका थिए । त्यसको एक साता पनि नबित्दै २३ संघको भेलाले गठन गरेको भन्दै तदर्थ समितिको घोषणा गरिएको थियो । सरकारको संलग्नता अप्रत्यक्ष रुपमा देखिए पनि तदर्थ समितिले भने आफूहरु स्वायत्त रुपमा गठित संस्था भएको दाबी गर्दै आएको छ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate