फाल्गुन २१, २०८२ बिहीबार | ०७:४६:४९
आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित

एनओसीको तदर्थ समितिलाई मन्त्री चौधरीको निर्देशन

भेटघाटपछि मन्त्री चौधरी र सदस्यसचिव घिसिङसँग सामूहिक तस्बिरमा एनओसी तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु । तस्बिर सौजन्यः युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को तदर्थ समितिले शुक्रबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङसँग भेटेको छ ।

एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान नेतृत्वको तदर्थ समितिले सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री चौधरी र सदस्यसचिव घिसिङसँग भेटेको मन्त्रालयले जनाएको छ । उक्त अवसरमा मन्त्रालयका खेलकुदसो अवसरमा मन्त्री चौधरीले सरकारसँगको समन्वयमा आफ्ना गतिविधिहरु अगाडि बढाउन तदर्थ समितिलाई निर्देशन दिएका थिए । महाशाखा प्रमूख रामचरित्र मेहताको पनि उपस्थिती रहेको बताइएको छ ।

सरकारी समर्थनमा गठित तदर्थ समितिको नेतृत्वले भेटमा आफ्ना योनजाहरु सुनाउँदै अर्को वर्ष जापानमा हुने एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता पक्का गर्ने पहल सुरु गरिहाल्ने बताएको थियो । 

जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीलाई सरकारले अवैधानिक भन्दै आएको छ । श्रेष्ठ नेतृत्वको एनओसीसँग सबैखाले सम्बन्ध विच्छेद गरेको सरकारले त्यसको विकल्प खोज्ने क्रममा तदर्थ समिति गठनको पहल गरेको थियो ।

मन्त्री स्वयमले अघिल्लो साता आफू नयाँ एनओसी गठनको प्रक्रियाको अन्तिम चरणमा रहेको र चाँडै गठन गर्ने बताएका थिए । त्यसको एक साता पनि नबित्दै २३ संघको भेलाले गठन गरेको भन्दै तदर्थ समितिको घोषणा गरिएको थियो । सरकारको संलग्नता अप्रत्यक्ष रुपमा देखिए पनि तदर्थ समितिले भने आफूहरु स्वायत्त रुपमा गठित संस्था भएको दाबी गर्दै आएको छ । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||