भाद्र १३, २०८२ शनिबार | ०४:०४:१६
अयोग्य दशरथ रंगशाला कि फुटबल नेतृत्व ? उचाइ छुने महिला युनाइटेडलाई धक्का दिएको ग्रिम्सबीको कहानी महिला फ्रेन्चाइज भलिबल लिग: ब्राजिल इटालीसहित आइपुगे ११ देशका खेलाडी आत्मकथा शृंखला-१४ 'ढाका रेडियोलाई दिएको अन्तर्वार्ता' पुरुषमा पारस र क्रिकेटको प्रभुत्व भारतलाई साफ यु-१७ महिला च्याम्पियनसिपकाे उपाधि राखेप अवार्डः खो-खो टोली उत्कृष्ट संकटाको विजयी यात्रा जारी भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, कृतिशा र पूर्णिमालाई पहिलो पटक मौका अयोग्य दशरथ रंगशाला कि फुटबल नेतृत्व ? उचाइ छुने महिला युनाइटेडलाई धक्का दिएको ग्रिम्सबीको कहानी महिला फ्रेन्चाइज भलिबल लिग: ब्राजिल इटालीसहित आइपुगे ११ देशका खेलाडी आत्मकथा शृंखला-१४ 'ढाका रेडियोलाई दिएको अन्तर्वार्ता' पुरुषमा पारस र क्रिकेटको प्रभुत्व भारतलाई साफ यु-१७ महिला च्याम्पियनसिपकाे उपाधि राखेप अवार्डः खो-खो टोली उत्कृष्ट संकटाको विजयी यात्रा जारी भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, कृतिशा र पूर्णिमालाई पहिलो पटक मौका
शनिबारको दिन एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड

पुरुषमा पारस र क्रिकेटको प्रभुत्व

काठमाडौं । आधुनिक नेपाली खेलकुदले पाएको सबैभन्दा स्टार खेलाडीको नाम के हो ?

सायद पारस खड्का । त्यसपछि राजेन्द्र भण्डारी र दीपक विष्ट ।

अनि नेपालमा खेलाडीको योगदान आधार मान्दाको सबैभन्दा सफल खेलचाहिँ कुन हो नि ?

पहिलो नाम त निर्विवाद रूपमा दुई पटक विश्वकप खेलिसकेको क्रिकेट नै हो । अनि पछिल्ला वर्षहरुमा निकै सुस्ताए पनि कुनै समय नेपाली खेलकुदमा बेग्लै रवाफ जमाएको फुटबल दोस्रो नम्बरमा आउँछ । त्यसपछि एथलेटिक्स र तेक्वान्दो ।

अन्य खेल र खेलाडीको योगदानलाई अवमूल्यन गर्न खोजिएको होइन । तर, कम्तीमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा प्रत्येक वर्ष हुने नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पुरुष विधामा विजेता सूची नियाल्ने हो भने यही देखिन्छ । पारस र क्रिकेटको रवाफ सबैभन्दा धेरै छ । अनि फुटबल, एथलेटिक्स र तेक्वान्दोसँगै राजेन्द्र र दीपकले जमाएको प्रभाव इतिहासको तथ्यांकमा सुरक्षित छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघ (क्यान)का वर्तमान सचिव पारस खड्का सबभन्दा धेरै ५ पटक सर्वोत्कृष्ट वर्ष पुरुष खेलाडीबाट विभूषित भएका छन् । 

२०५४ सालमा सुरु भएर बीचमा केही वर्ष विभिन्न कारणले विश्राम लिएको अवार्डले २१ संस्करणको यात्रा पूरा गरिसक्दा अहिलेसम्म पुरुष विधामा ८ खेलका १५ खेलाडी सम्मानित भएको इतिहास छ । जहाँ क्रिकेटले सर्वाधिक ७ तथा फुटबलले ५ पटक वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड जितेको छ ।

एथलेटिक्स तीन पटक यो विधा जित्न सफल हुँदा तेक्वान्दो दुई पटक सफल भएको छ । बक्सिङ, गल्फ, प्याराग्लाइडिङ र करातेले समान एक पटक पल्सर स्पोर्टस अवार्डको पुरुष विधामा बाजी मारेको छ ।

खेलाडी विशेषको चर्चामा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं नेपाल क्रिकेट संघ (क्यान)का वर्तमान सचिव पारस खड्का सबभन्दा धेरै ५ पटक सर्वोत्कृष्ट वर्ष पुरुष खेलाडीबाट विभूषित भएका छन् । पारससँग क्रिकेटका अर्का पूर्व कप्तान विनोद दास र वर्तमान कप्तान रोहित पौडेलले पनि समान एक पटक यो अवार्ड जितेको इतिहास छ ।

पारसपछि एकभन्दा बढी पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पुरुष विधाको पुरस्कार जित्नेमा एथलेटिक्सका राजेन्द्र भण्डारी र तेक्वान्दोका दीपक विष्टले नाम लेखाएका छन् । दुवैले समान दुई पटक वर्ष पुरुष खेलाडी विधामा बाजी मारेका छन् ।

पूर्व राष्ट्रिय  फुटबल खेलाडी देवनारायण चौधरी स्पोर्टस अवार्डमा पुरुष विधाको पुरस्कार जित्ने पहिलो भाग्यमानी खेलाडी हुन् । 

फुटबलबाट पाँच फरक संस्करणमा फरक खेलाडीले बाजी मार्ने क्रममा देवनारायण चौधरी, जुमानु राई, नवयुग श्रेष्ठ, किरण चेम्जोङ र अञ्जन विष्ट वर्ष पुरुष खेलाडी घोषित भएका छन् । यसबाहेक बक्सिङका एसियाली पदकधारी दीपक महर्जन, गल्फका शिवराम श्रेष्ठ, प्याराग्लाइडिङका एसियाली रजत पदक विजेता युकेश गुरुङ, सागका दोहोरो स्वर्ण पदक विजेता करातेका मण्डेकाजी श्रेष्ठ र एसियाली क्रसकन्ट्री च्याम्पियनसिपका पदक विजेता एथलेटिक्सका दीपक अधिकारी पुरुष विधाका अवार्ड जित्ने थप खेलाडी हुन् ।

२०५२ सालमा स्थापित एनएसजेएफले २०५४ सालबाट अघिल्लो वर्ष गरेका प्रदर्शनका आधारमा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गर्ने परम्पराको थालनी गरेको थियो । देशमा सम्बन्धित खेल संघ, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी तथा सरकारले समेत खेलाडी पुरस्कारमा कुनै काम नगरिरहेका बेला खेल पत्रकारहरूको संगठनले समग्र खेलकुदलाई प्रोत्साहित गर्ने अभियान सुरु गरेको थियो ।

तथापि दोस्रो संस्करणका लागि नेपाली खेलकुदले ७ वर्ष प्रतीक्षा गर्नुपर्यो । २०६० सालमा निरञ्जन राजवंशीको अध्यक्षतामा एनएसजेएफमा नयाँ कार्यसमिति चयन भएपछि २०६१ सालबाट अवार्ड पुनः सुचारु भयो । पहिलो संस्करणमा ५ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिएको अवार्डको दोस्रो संस्करणमा महिला र पुरुष दुई विधामात्र समावेश थिए ।

२०८० सालका पुरुष वर्ष खेलाडी दीपक अधिकारी । 

आफ्नो समयमा दक्षिण एसियाली फुटबलमै तहल्का मच्चाएका पूर्व राष्ट्रिय खेलाडी देवनारायण चौधरी स्पोर्टस अवार्डमा पुरुष विधाको पुरस्कार जित्ने पहिलो भाग्यमानी खेलाडी हुन् । त्यसपछि २०६१ र २०६२ सालमा भएको दोस्रो तथा तेस्रो संस्करणमा लगातार ओलम्पियन राजेन्द्र भण्डारीले बाजी मारे । एथलेटिक्सबाट यो विधामा पुरस्कार जित्ने अर्का खेलाडी दीपक अधिकारी हुन् । उनी २०८० सालमा विजेता भएका थिए ।

फुटबलले देवनारायणपछि २०६६ सालमा मात्र जुमानुको नाममा अर्को विजेता पायो । 

यो विधाकै सबैभन्दा सफल खेल क्रिकेटको खाता २०६३ सालमा पूर्व कप्तान विनोद दासले खोलेका थिए । वर्षभर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा पुरस्कृत गरिने अवार्डमा पारसले २०६७, २०७०, २०७१, २०७५ र २०७८ सालमा गरी पाँच पटक वर्ष पुरुष खेलाडीको पुरस्कार जित्दै क्रिकेटको प्रभाव प्रमाणित गरे । कोभिड-१९ को विश्वव्यापी महामारीका कारण २०७७ सालमा पूरा विश्वभर कुनै पनि खेल गतिविधि नहुँदा मञ्चले २०७८ को संस्करणलाई दशक अवार्डका रूपमा सम्पन्न गरेको थियो । जहाँ पारस नेपाली खेलकुदमा दशककै सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका थिए । क्रिकेटबाट पल्सर स्पोर्टस अवार्डको पुरुष विधामा बाजी मार्ने अर्का खेलाडी वर्तमान कप्तान रोहित गत वर्ष पुरस्कृत भएका थिए ।

तेक्वान्दोकी संगीना वैद्यपछि छनोट भएरै ओलम्पिक खेल्ने दोस्रो नेपाली खेलाडी तेक्वान्दोका दीपक विष्ट २०६४ र २०६५ मा लगातार दुई वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भए ।

फुटबलले देवनारायणपछि २०६६ सालमा मात्र जुमानुको नाममा अर्को विजेता पायो । पूर्वकप्तान नवयुगले २०७३, वर्तमान कप्तान किरणले २०७४ तथा कीर्तिमानी १३ अन्तर्राष्ट्रिय गोल गरेका अञ्जनले २०७९ सालमा यो अवार्ड जितेका थिए । अञ्जनले २०७३ सालमा अवार्डअन्तर्गत युवा विधाको पुरस्कार जितेका थिए ।

यसबाहेक बक्सिङबाट दीपक, गल्फबाट शिवराम, प्याराग्लाइडिङबाट युकेश र करातेबाट मण्डेकाजीले अवार्डको पुरुष विधा जितेर आ-आफ्नो खेलभित्र श्रेष्ठता प्रमाणित गरेका थिए । १० हजारभन्दा बढी नेपालीको ज्यान लिने गरी गएको महाभूकम्पका कारण २०७२ सालमा भने एनएसजेएफले अवार्ड आयोजना गरेको थिएन ।