हक्की

महिला हक्की: समूहचरणको अन्तिम खेलमा बागमती पराजित

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको सोमबार (आज) भएको खेलमा मधेश प्रदेशले २-० गोलको नतिजामा बागमतीलाई प्रदेशलाई हराएको छ । 

सरिताले २७ औं मिनेटमा गोल गर्दै मधेशलाई अग्रता दिलाएकी थिइन् । खेलको तेस्रो क्वार्टरमा रोनी राइले मधेशका लागि पुनः एक गोल गरिन् । 

योसँगै लिगको पहिलो चरण सकिएको छ । समूह चरणबाट आर्मी, प्रदेश १, सुदूरपश्चिम र गण्डकी सेमिफाइनलमा पुगेका छन् । भोलि हुने पहिलो सेमिफाइनलमा खेल आर्मी र प्रदेश १ भिड्नेछन् ।

यस्तै सेमिफाइनलको दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम भिड्दै छन् । भोलि हुने खेलका विजेताले पर्सी उपाधिका लागि मैदानमा उत्रिने छन् । प्रतियोगितामा सात टिमको सहभागिता थियो ।