पुस २८, २०८२ मंगलबार | ०५:१२:३४
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

आर्मी र गण्डकी उपाधि नजिक

पुलिस (नीलो) र गण्डकी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्ने भएका छन् ।

च्यासल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपिएफ क्लबलाई ६–०ले पराजित गर्यो । आर्मीका कासीराज राईले ह्याट्रिक गर्दा राजेन्द्र कार्कीले दुई तथा प्रदीप राजवंशीले एक गोल थपे ।

आर्मी दोहोरो उपाधि नजिक पुगेको छ । सोमबार महिलातर्फ आर्मीले गण्डकीलाई नै हराउदै उपाधि जितेको थियो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा २-१ ले हरायो । निर्धारित समयको खेल गोलरहित सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा गण्डकीका संगम घर्ती मगर र अशिम बहिकले गोल गरे । विवेक गुरुङ, कुशल नेपाली र सोनु खान चुके ।

यता प्रहरीबाट सुरज बोहराले गोल गर्दा नवराज खत्री, सुरेशप्रसाद जोशी, आयुश शाह र सुनिल राणाले पेनाल्टी अवसरलाई सदुपयोग गर्न सकेनन् । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||