फाल्गुन १७, २०८२ आइतबार | ००:०८:२२
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल

मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो

काठमाडौं । गोल स्कोरिङ लयमा रहेका अबायोमी फाकुन्लेको निर्णायक गोलमा चर्च ब्वाइज युनाइटेडले मछिन्द्र क्लबविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाकुन्लेले ७४औं मिनेटमा गोल गरे । जितसँगै मछिन्द्रसहित तीन टोलीलाई उछिन्दै चर्च ब्वाइज अंकतालिकाको चौथो स्थानमा उक्लियो । चर्च ब्वाइजले ७ खेलमा १६ अंक जोडेको छ ।

समान खेलमा मछिन्द्रले पनि १६ अंक जोडेको छ । तर, गोल भिन्नताका आधारमा मछिन्द्र एक स्थान तल झर्यो ।

दिनको पहिलो खेलमा श्री भगवती क्लबले पुछारबाट दोस्रो स्थानमा रहेको काँक्रेबिहार क्लबविरुद्ध ६-० को सानदार जित हासिल गर्यो । जितसँगै श्री भगवती ८ खेलमा ८ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ । समान खेलमा काँक्रेबिहारको मात्र एक अंक छ ।

दिनको दोस्रो खेलमा शीर्ष स्थानको एपिएफ एफसीले नेपाल पुलिस क्लबसँग २-२ को बराबरी खेल्यो । आठौं चरणपछि एपिएफ २० अंकसहित शीर्ष स्थानमा छ । उता पुलिस ८ अंक जोड्दै १०औं स्थानमा उक्लियो ।

लिगमा आइतबार तीनवटा खेल हुनेछन् । बिहान १० बजे हुने पहिलो खेलमा पुछारको नव जनजागृति क्लबले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । दिउँसो न्युरोड टिम (एनआरटी)को भेट चित्लाङ एफसीसँग हुनेछ ।

त्यस्तै साँझ ६ बजे मनाङ मर्स्याङ्दी क्लबले प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । तीनवटै खेल दशरथ रंगशालामा हुनेछन् ।

त्यसपछि सोमबारबाट ११ दिनसम्म लिगमा कुनै खेल हुनेछैनन् । 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||