फाल्गुन २५, २०८२ सोमबार | ११:३७:३८
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा
शनिबारको दिन

ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू

काठमाडौं । आइतबारका खेलसँगै आइसिसी ट्वान्टी–२० विश्वकपमा सुपर ८ का खेल सम्पन्न हुँदै छन् । भारत र श्रीलंकामा चलिरहेको विश्वकपमा खेलको हिसावमा ५५ मध्ये ४९ खेल सकिइसक्दासम्म ब्याटरबाट सोचे जस्तो रन बन्न सकेको छैन । २० टिम सहभागी विश्वकपको क्याप्टेन मिटमा धेरैभन्दा धेरै रन बन्ने बहस चलेको थियो । त्यसअनुसार विश्वकपमा धेरै रन बने पनि व्यक्तिगत रूपमा खेलाडीले शतक धेरै बनाउन सकेनन् ।

सुपर ८ का तीन खेल बाँकी रहँदा ४ मात्रै शतक बनेका छन् । श्रीलंकाका पाथुम निसान्का, क्यानाडाका युवराज सिंह समरा, पाकिस्तानका साहेबजादा फरहान र इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकले शतक बनाएका छन् । यस विश्वकपमा पहिलो शतक बनाउने खेलाडी भने श्रीलंकाका पाथुम हुन् ।

विश्वकपमा शतक बनाउने चार खेलाडीः 

पाथुम निसान्का (श्रीलंका) अविजित १००

विपक्षी–अस्ट्रेलिया 

२७ वर्षीय दायाँहाते ब्याटर पाथुम निसान्का यो विश्वकपमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनले अस्ट्रेलियाविरुद्ध समूह ‘बी’को खेलमा शतक बनाएका थिए । ओपनिङ ब्याटरले ५२ बलमा अविजित १०० रन बनाए । त्यसक्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । 

पाथुमले सतक बनाएपछि अस्ट्रेलियाबाट पाएको १८२ रनको लक्ष्य श्रीलंकाले २ विकेट गुमाएर पूरा गरेको थियो । यद्यपि आयोजक श्रीलंका सुपर ८ भन्दा अघि बढ्न भने सकेन । पाथुमले विश्वकपमा ६ खेल खेल्दा १ शतक र १ अर्धशतकसहित सर्वाधिक २ सय ८ रन बनाएका छन् ।

युवराज सिंह समरा (क्यानाडा) ११०

विपक्षी–न्युजिल्यान्ड

क्यानाडाका युवराज समरा विश्वकपमा शतक बनाउने कान्छा (१९ वर्ष) का खेलाडी हुन् । बायाँहाते ओपनिङ ब्याटरले न्युजिल्यान्डविरुद्ध ११० रन बनाएका थिए । उनी टेस्ट राष्ट्रविरुद्ध विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडीसमेत बने । 

चेन्नईमा भएको खेलमा ओपनर समराले ६५ बलमा ११० रन बनाएका हुन् । उनले ११ चौका र ६ छक्का प्रहार गरेका थिए । तर, उनको शतक मद्दतमा क्यानडाले १७४ रनको लक्ष्य दिए पनि न्युजिल्यान्ड ८ विकेटले विजयी हुन सफल भएको थियो । समराले विश्वकपमा ४ खेल खेल्दा १४४ रन बनाएका थिए ।

साहेबजादा फरहान (पाकिस्तान) अविजित १००

विपक्षी–नामिबिया

पाकिस्तानका साहेबजादा फरहानका लागि यो विश्वकप अविस्मरणीय रह्यो । उनले आफ्नो करियरकै पहिलो शतक बनाएका छन्, त्यो पनि विश्वकपमा । उनले नामिबियाविरुद्ध अविजित १०० रन बनाएका हुन् । यो विश्वकपमा बनेको तेस्रो शतक हो । पाकिस्तानी खेलाडीबाट ट्वान्टी–२० विश्वकपमा बनाएको यो दोस्रो शतक बन्यो । यसअघि अहमद शेहजादले शतक बनाएका थिए । 

कोलम्बोमा फरहानले ५८ बलमै एक सय रन बनाएका थिए । त्यसक्रममा उनले ११ चौका र ४ छक्का प्रहार । उनले शतक बनाएपछि पाकिस्तानले मात्र तीन विकेट गुमाएर नामिबियालाई २ सय रनको लक्ष्य दिएको थियो । यो खेलमा पाकिस्तान १०२ रनले विजयी भयो । फरहानले ५ इनिङ्समा  १ शतक र २ अर्धशतकसहित २८३ रन बनाइसकेका छन् ।

ह्यारी ब्रुक (इङ्ल्यान्ड) – १००

विपक्षी–पाकिस्तान

ह्यारी ब्रुक ट्वान्टी–२० विश्वकपमा शतक बनाउने एकमात्रै कप्तान बनेका छन् । यो कीर्तिमान उनको नाममा यसै वर्ष बनेको हो । यसअघि कुनै पनि कप्तानले विश्वकपमा शतक बनाएका छैनन् । २७ वर्षीय दायाँहाते ब्याटरले पाकिस्तानविरुद्ध ५१ बलमै शतक बनाएका हुन् । 

सुपर ८ को खेलमा उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए । पाकिस्तानलाई यही खेलमा २ रनले हराएपछि इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोलीसमेत बनेको थियो । उनी तीनै स्वरुपमा शतक बनाउने इङ्ल्यान्डका तेस्रो खेलाडी हुन् । यसअघि डेविड मलान र जोस बटलरले यो कीर्तिमान बनाएका थिए ।