भाद्र २१, २०८२ आइतबार | ०४:३१:२०
साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा इङ्ल्यान्डको विजयी यात्रा जारी विश्वकप छनोटमा पोर्चुगलको विजयी सुरुआत ‘अयोग्य’ रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अभिषेकको पुनरागमन विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा इङ्ल्यान्डको विजयी यात्रा जारी विश्वकप छनोटमा पोर्चुगलको विजयी सुरुआत ‘अयोग्य’ रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित पल्सर स्पोर्ट्स अवार्डः वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोयन सार्वजनिक बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अभिषेकको पुनरागमन विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन

आर्मीको लगातार दोस्रो जित

आर्मी (रातो) र बागमतीका खेलाडी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला हक्की प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

ललितपुरको च्यासल फुटबल मैदानमा शनिबार आर्मीले बागमती प्रदेशलाई ८-० ले हरायो । आर्मीको जितमा कमला चन्द, निलिमा पाण्डे र दमारा भट्टले समान दुई तथा सुनिता नेगी र सीतामाया बलले समान एक गोल गरे ।

चार टोली सहभागी महिलातर्फत लिगको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म आर्मीसँगै गण्डकी प्रदेशले पनि दुई जित निकालेको छ । दुई खेलबाट आर्मी र गण्डकीको समान ६ अंक छ ।

आइतबार गण्डकी र आर्मीबीच हुने खेलले  उपाधि विजेताको टुंगो लगाउने छ । लिगमा समान दुई खेल खेलेका बागमती र मधेशले भने अंक जोड्न सकेका छैनन् ।

राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । च्यासलमा नै भएको समूह ‘बी’ को खेलमा पुलिसले एपिएफलाई ३-१ ले हरायो । पुलिसका नवराज खत्रीले ह्याट्रिक गरे ।

जितसँगै चार टोली रहेको समूहबाट पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । समान दुई खेलबाट अपराजित पुलिसको ६ अंक र कर्णालीको तीन अंक छ । समान दुई खेलबाट एपिएफ र बागमतीको समान एक अंक छ । यो समूहमा कर्णालीसँगै एपिएफ र बागमती तीनै टोलीको शीर्ष दुई भित्र रहेर सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

पुरुषको अर्को खेलमा कोशी र गण्डकीले ३-३ को बराबरी खेले । कोसीका लक्ष्मण समारिया, योगेशकुमार बारघरे र आर्यान चौधरीले समान एक गोल गरे । गण्डकीका लागि भने दीपक तामाङले दुई तथा संगम घर्ति मगरले एक गोल गरे ।

दुवै टोली जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्थे । तर, यो खेलको नतिजा बराबरी भएपछि आर्मीले सेमिफाइनलकाे यात्रा तय गर्याे ।

समान दुई खेलबाट आर्मी ६ अंकसहित शीर्ष स्थानमा छ । समान दुई खेलबाट कोशीको  चार र गण्डकीको एक अंक छ भने मधेश अंकविहीन छ । अब कोशी र गण्डकीमध्ये एक टोली सेमिफाइनलमा पुग्ने छन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video