कार्तिक १५, २०८२ शनिबार | १४:५०:१७
एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित

विश्व उसु च्याम्पियनसिपमा विजयको ऐतिहासिक प्रदर्शन

काठमाडौं । नेपाली राष्ट्रिय खेलाडी विजय सिन्जालीले १७औं विश्व च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन गरेका छन् । शुक्रबार राति ब्राजिलको ब्रासिलिया शहरमा विजयले उसु थाउलोको पुरुष जेन्सु विधामा ९.७१० अंक प्राप्त गरे ।

यो अंक कुनै पनि नेपाली खेलाडीले हासिल गरेको पहिलो पटक हो । विजय सहभागी ३६ मध्ये छैटौं स्थानमा अटाउन सफल भएको प्रशिक्षक निकेश श्रेष्ठले बताए । यद्यपि विजयले पदक जित्न भने सकेनन् । यो बिधामा मलेसियाले स्वर्ण, मकाउले रजत र  हङकङले कास्य पदक जिते ।

स्वर्ण विजेता मलेसियाली खेलाडी सि सिन पेङले सर्वाधिक ९.७४६ अंक बटुलेका थिए । विजय स्वर्ण विजेता खेलाडी भन्दा ०.०३६ अंकले पछि परेका हुन् ।

प्रशिक्षक श्रेष्ठका अनुसार यो प्रदर्शनसँगै विजयले अन्तर्राष्ट्रिय उसु महासंघ (आईडब्लूएफ)ले  आयोजना गर्ने मुख्य प्रतियोगितामा छनोट हुने सम्भावना बलियो बनाएका छन् ।

‘२१ वर्षदेखि लगातार यो खेल खेल्दै आएको छु । पहिलो पटक यस्तो प्रदर्शन गर्न सफल हुँदा निकै गर्व लाग्छ,’विजयले भनेका छन् ।

विजयले यसअघि गत वर्ष जापानमा सम्पन्न उसुको तेस्रो थाउलो विश्वकप २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका थिए । विजयले जेन्सु विधामा ९.६३६ अंक ल्याउँदै काँस्य पदक जितेका थिए । उनले ब्राजिलमा ल्याएको अंक गत वर्षको थाउलो विश्वकपको भन्दा ०.७४ अंकले बढेको हो ।

प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘विजयले ल्याएको अंक कुनै पनि नेपाली खेलाडीले उसु प्रतियोगितामा जोडेको पहिलोि पटक हो । यो नतिजासँगै उनको आगामी प्रतियोगिताहरुका लागि बाटो खुल्ला गरेका छन् ।’

यता, महिलातर्फ पनि सुस्मीता तामाङले ऐतिहासिक अंक प्राप्त गरेकी छिन् । थाउलोको छानछ्वान विधामा सुस्मीताले ९.७०६ अंक पाइन् । जुन नेपाली महिला खेलाडीले पाएको अहिलेसम्मकै दुर्लभ अंक रहेको प्रशिक्षक श्रेष्ठले बताए ।

विश्व च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । अर्का खेलाडी दिपक हमालले नानकुन विधामा ९.५३६ र नान ताउमा ९.२६६ अंक पाउँदा निमा घर्तीमगरले नानकुनमा विधामा ८.७४० र नानताउमा ८.६५० अंक प्राप्त गरेका छन् ।

चारै खेलाडीले नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका थिए ।

यता, विजय नेपाली खेल पत्रकारहरुको छातासंगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले वर्षेनी आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । जापान र चीनमा गरेको प्रदर्शनको आधारमा विजय पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका हुन् ।

 


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।