भाद्र २१, २०८२ आइतबार | १५:३०:५३
डेम्बेले ६ साता मैदान बाहिर रहने, डुवे पनि घाइते पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा इङ्ल्यान्डको विजयी यात्रा जारी विश्वकप छनोटमा पोर्चुगलको विजयी सुरुआत ‘अयोग्य’ रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी डेम्बेले ६ साता मैदान बाहिर रहने, डुवे पनि घाइते पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा इङ्ल्यान्डको विजयी यात्रा जारी विश्वकप छनोटमा पोर्चुगलको विजयी सुरुआत ‘अयोग्य’ रंगशालामा आएनन् दर्शक एसियन कप पुग्ने नेपालको चुनौती समाप्त पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले खेले गोलरहित बराबरी

‘अयोग्य’ रंगशालामा आएनन् दर्शक

काठमाडौं । समर्थकको कहालिलाग्दो उपस्थितिले दुई वर्षपछि घरेलु भूमिमा फर्किएको अन्तर्राष्ट्रिय फुटबल खल्लो बन्यो । अन्तर्राष्ट्रिय फुटबल खेल हुँदा दशरथ रंगशालाको माहोलले जुन रोमाञ्च र आनन्द दिन्थ्यो, त्यो सम्भव थिएन । खेल हेर्न जति आए, तिनीहरुले पनि आफ्नो देशले गोल गरेको हेर्न पाएनन् । नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि १० हजार टिकट विक्री गर्ने जानकारी गराएको थियो । जुन रंगशालाको क्षमताभन्दा ५ हजारले कम हो । तर, शनिबार खेल हेर्न बढीमा ५ हजार समर्थक रंगशाला आए ।

दर्शकको चापलाई व्यवस्थापन गर्न नसकेर चर्को आलोचना खेपेको एक वर्ष पनि बित्न नपाउँदै एन्फाले यस किसिमको दयनीय अवस्था आत्मसात गरेको छ ।

पछिल्लो एक वर्षभित्र दशरथ रंगशालाले महिला फुटबलका दुई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । कार्तिक महिनामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौं संस्करण र फागुनमा चार देशसम्मिलित अन्तर्राष्ट्रिय च्याम्पियनसिप यही मैदानमा भएको थियो । साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध १८ हजारभन्दा बढी दर्शक रंगशाला पुगेका थिए । जसका कारण दर्शकहरुको सुरक्षालाई ध्यानमा राख्दै एन्फाले फाइनलमा टिकट सङ्ख्यालाई घटाउनु परेको थियो ।

दशरथ रंगशालामा पुरुष टोलीले सन् २०१३ नोभेम्बर १७ यता अन्तर्राष्ट्रिय फुटबल खेल खेल्न पाएका थिएनन् । दशरथ रंगशालामा पुरुष टोलीले अन्तिम पटक यमनविरुद्ध फिफा विश्वकप २०२६ को दोस्रो चरणको खेल खेलेका थिए । त्यसयता अन्तर्राष्ट्रिय स्तरको मापदण्ड नपुगेको भन्दै रंगशालालाई असुरक्षित प्रस्तुत गरिँदै आएको छ ।

नेपालले यही कारण फिफा विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनविरुद्धको खेल गुमाएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणका खेलहरुमा नेपालले यही अक्टोबर र नोभेम्बरमा भियतनाम र मलेसियाविरुद्ध खेल्ने तालिका छ । तर, रंगशालाका भौतिक पूर्वाधारहरुमा देखिएको कमजोरी र खतराका कारण यी खेल पनि दशरथ रंगशालामा नहुने पक्का भइसकेको छ ।

घरेलु मैदानमा यसरी अन्तर्राष्ट्रिय खेल खेल्न नपाइरहँदा यसले समर्थकमाझ नकारात्मक सन्देश दिइरहेको छ । जसको प्रत्यक्ष असर बंगलादेशविरुद्धको खेलमा देखिएको अनुमान गर्न सकिन्छ ।

नेपालले बंगलादेश अगाडि गत जुनमा लाओससँग तेस्रो चरण अन्तर्गत आफ्नो दोस्रो खेल खेलेको थियो । तुलनात्मक रुपमा कमजोर मानिएको लाओससँग नेपालले २-१ को दूर्भाग्यजनक हार बहोर्यो । लाओससँगको हारसँगै सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा पुग्ने सम्भावना न्युन बनेको छ ।

पुरुष फुटबलको पछिल्ला परिणामहरुले पनि समर्थकलाई पक्कै पनि निराश बनाएको छ । त्यसमाथि देशमा शीर्ष डिभिजन लिग नभएको दुई वर्षभन्दा धेरै भइसक्यो ।

‘देशमा पुरुष फुटबल पनि छ र ? भन्ने हुन थालिसक्यो । हामी फुटबललाई माया मार्न सक्दैनौं । तर, पुरुष फुटबलले हामीलाई पछिल्लो समय निराशा बाहेक अरु दिएको छैन,’ गोदावरी, ललितपुरबाट खेल हेर्न आएका राजीभ सिलवालले भने ।

खेलाडी आफ्नो मातृभूमिमा खेल्न पाउँदा जति उत्साहित थिए, समर्थकको कहालिलाग्दो उपस्थितिले उनीहरुको मन पक्कै पनि खिन्न बनाएको छ ।

‘हामीलाई आफ्नो रंगशालामा खेल्न पाउनु नै ठूलो कुरो हो । तर, फुटबलमा जुनसुकै परिस्थितिमा पनि खेल्नु पर्छ । सायद समर्थकहरु धेरै आउनुभएको भए खेलाडी थोरै भए पनि मोटिभेटेड हुन्थे,’ टोलीका उप–कप्तान रोहित चन्दले भने, ‘मंगलबार हुने दोस्रो खेलमा समर्थक आउँछन् भन्ने आश छ। यसले नेपाली फुटबल अझै चलायमान छ भन्ने देखाउने छ ।’

मैदान भित्रको कुरा गर्ने हो भने नेपाल र बंगलादेश दुबैले गोलका लागि एकाधबाहेक गतिलो अवसर सृजना गर्न सकेनन् ।

दुबै टोलीबाट सुरुआती ४५ मिनेटमा समान एक ‘सट्स अन टार्गेट’ सम्भव भएका थिए ।  यी दुबै अबसरमा गोलकिपर बाधक बन्दा कुनै पनि टोलीले अग्रता लिन सकेन ।

खेलको १०औै मिनेटमा बंगलादेशले पहिलो खतरा बुनेको थियो । कप्तान जमल भुयाँको कर्नर क्रसमा राकिब होसेनको हेडमार्फत बललाई पोस्टको दिशा दिएका थिए । तर, गोलकिपर किरण चेम्जोङले नेपालको खतरा टारिदिए ।

खेलको मध्यतिर फ्रिकिक अवसरमा नेपाल गोलको निकै करिब पुगेको थियो । लेफ्ट साइडबाट मिडफिल्डर मणि लामाको प्रहारमा रक्षक अनन्त तामाङले हेडमार्फत बललाई दोस्रो बारको दिशा दिएका थिए । तर, गोलकिपर मोहम्मद सुजोन होसेन ‘अलर्ट’ रहँदा बंगलादेशी खेलाडीले राहतको सास फेर्यो । यसअघि अञ्जन विष्ट भुयाँबाट फउल भएका थिए । जसका कारण नेपालले सेटपीस अवसर प्राप्त गरेको थियो ।

पहिलो खतरा बुनेको केही मिनेटमै नेपालले त्यही क्षेत्रमा अर्को फ्रिकिक अवसर प्राप्त गर्यो । फेरि एकपटक मणि बलमा थिए । तर, यसपाली उनको प्रहारलाई सुजोनले सहजै नियन्त्रणमा लिए ।

निर्धारित पहिलो हाफ सकिन ६ मिनेट बाँकी रहँदा सुमोन रेजाले गरेको प्रहार क्रस–बारभन्दा माथिबाट बाहिरयो । किरण अगाडि आएको मौकामा सुमोनले बक्स भित्रबाट गोलको प्रयास गरेका थिए ।

खेलको ६८औं मिनेटमा फरवार्ड जिलेश्पीजंग कार्कीले बक्स बाहिरबाट गरेको शक्तिशाली प्र्रहार सुजोनले बचाए ।

१० मिनेटपछि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोहम्मद ताज उदीनले बक्स बाहिरबाट गोलको प्रयास गरे । उनको प्रहारलाई किरणले कठिनाईका साथ नियन्त्रणमा लिएका थिए ।

दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ९, मंगलबार हुनेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video