काठमाडौं । रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजले नेपालका चर्चित मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ ।
शनिबार ललितपुरको हिमालयन होटेलमा एक कार्यक्रमबीच रोहिणीले रवीन्द्रलाई एक वर्षका लागि ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको हो ।
रोहिणीले आपसी समझदारीमा तीन वर्षसम्म सम्झौता अघि बढाउने विकल्प राख्दै रवीन्द्रसँग आउँदा दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्झौतापत्रमा रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापा र रवीन्द्रले हस्ताक्षर गरेका थिए ।
रवीन्द्रले एमएमएका कुल १० मध्ये नौ खेलमा जित निकालेका छन् । उनले केही महिनाअघि मात्र भारतको नोएडामा भएको एमएफएन १७ मा बान्टमवेटमा त्यहाँका नम्बर वान चुंग्रेन कोरेनलाई हराउँदै उपाधि जितेका थिए ।
भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
