बिएनए कप अन्तरविद्यालय बास्केटबल

बिएनए बास्केटबलमा ३८ टिम

काठमाडौं । बसुन्धारा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गर्ल्समा गरी ३८ टिमको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले जानकारी गराए । सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गर्ल्समा ७ टिम सहभागी हुनेछन् । प्रतियोगिता लिग कम नकआउट पद्दतीमा हुनेछ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने बिएनएका संयोजक सन्तोष फुयालले जानकारी दिए । प्रतियोगिताको फाइनल असार एक गते हुनेछ ।