एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

काठमाडौं । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ ।

पोखरामा हुने च्याम्पियनसिप असोज पाँच गतेदेखि नाै गतेसम्म चल्ने छ ।

जी २ र्याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवम् सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा विभिन्न देशका एक हजार पाँच सय खेलाडीको सहभागिता रहने छ । च्याम्पियनसिपका लागि एक सयभन्दा वढी विदेशी निर्णायकसमेत नेपाल आउने छन् । च्याम्पियनसिप सञ्चालनका लागि दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

वर्ल्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो । तर, कोभिड १९ महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हो ।