अक्षरा कप अन्तर विद्यालय बास्केटबल

अक्षरा कपः आयोजक अक्षरा क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक अक्षरा स्कुल प्रथम अक्षरा कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको मिक्स जुनियरमा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

काँडाघारीस्थित घरेलु कोर्टमा अक्षराले लिटिल वन्डरलाई १७-५ ले पराजित गर्यो । अक्षराका शुभम् उप्रती ‘म्यान अफ द म्याच’ घोषित भए । भ्याली पब्लिकले द ब्रिटिस स्कुललाई ६७-१७ ले हराउदै  क्वार्टरफाइनलमा स्थान बनायो । भ्याली पब्लिकका अशोक विश्वकर्मा ‘म्यान अफ द म्याच’ चुनिए ।

सोही स्पर्धामा आलोक विद्याश्रमले ब्रम्हकुञ्ज तथा विद्या विकासले युरो स्कुलबाट वाक ओभर पाउदै क्वार्टरफाइनलमा स्थान बनाए । मिक्स जुनियरमा सहभागी टोलीले कम्तीमा २ गर्ल्स खेलाडीलाई अनिवार्य राख्नु पर्ने प्रावधान छ ।