इङ्लिस प्रिमियर लिग

युनाइटेडको सहज जित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियरमा आइतबार वेस्ट हम युनाइटेडमाथि ३-० को सहज जित निकालेको छ । 
जितसँगै २३ खेलमा ३८ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ । पराजित वेस्ट हम समान खेलबाट ३६ अंकका साथ सातौं स्थानमा छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन अलेजान्द्रो गार्नाचोले २ र रास्मस होज्लन्डनले १ गोल गरे ।

खेलको २३औं मिनेटमा होज्लन्डको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । ४९ औं मिनेटमा गार्नाचोले टोलीको अग्रता दोब्बर बनाए ।

८४औं मिनेटमा गार्नाचोले ब्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-० को सहज जित दिलाए ।

लिगअन्तर्गतकै अन्य खेलमा चेल्सी उल्भरह्यामटनसँग ४-२ ले पराजित हुँदा बर्नमाउथ नटिङघम फरेस्टसँग १-१ को बराबरीमा रोकियो ।