विद्यालय खेलकुद

शुक्रबार देखि भद्रकाली कप बास्केटबल प्रतियोगिता हुने

काठमाडौं । भद्रकाली स्कुलको आयोजनामा दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा तीन समूहमा गरि ३९ टोलीकोको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा भद्रकालीका संस्थापक कृष्णप्रसाद अधिकारीले जानकारी गराए । 

सिनियर ब्वाइजमा १७, गर्ल्समा नौ र जुनियर ब्वाइजमा १३ टोलीले लिग कम नकआउट पद्धतीमा प्रतिस्पर्धा गर्ने छन् ।

भद्रकालीकी प्राचार्य अनिता थापा अधिकारीले प्रभु बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख खर्च हुने बताइन् ।

 फागुन पाँच गतेसम्म हुने प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजककै कोर्टमा हुनेछ ।