चैत्र ७, २०८२ शनिबार | १६:३६:२८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सर्वाजनिक संस्था खेलकुदः रामविनय र टक्कर क्वार्टरफाइनलमा

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टक्कर कुँवर १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को काभर्डहलमा रामविनयले नागरिक उड्डयन प्राधिकरणका रमेशबहादुर कुँवरलाई १२-२१, २१-११ र २१-७ तथा टक्करले नेपाल विद्युत प्राधिकरणका रत्न श्रेष्ठलाई २१-१४ र २१-१७ को सेटमा पराजित गरे । 

सोही स्पर्धामा राष्ट्रिय वाणिज्य बैंकका गुप्ता केसी, विद्युतका सरोज तामाङ, नेपाल टेलिकमका सुरेन्द्रसिंह कार्की, नेपाल आयल निगमका लक्ष्मण विश्वकर्मा र विद्युतका भुपेन्द्र बिसी पनि क्वाटरफाइनलमा पुगे ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, वाणिज्य बैंकका रामजी आचार्य र सुमन घिमिरे, विद्युतका विष्णु मास्के र रमेश तामाङ, विद्युतका राजु महर्जन र खगेन्द्र शाही, दुग्ध विकास संस्थानका शिव बस्नेत र राजकुमार घले, मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन, वाणिज्य बैंकका गुप्ता केसी र लालबहादुर थापा, एभरेष्टका श्यामकुमार भट्टराई र पुष्पराज उप्रेती, टेलिकमका सुदिपआनन्द मल्ल र सीताराम श्रेष्ठ, जनक शिक्षाका रामविनय श्रेष्ठ र जनक भारती, नेपाल एयरलाइन्सका घनश्याम भट्ट र जंगबहादुर चन्द तथा विद्युतका शंकर क्षेत्री र चन्द्रदास कारन्जितको जोडीले क्वार्टरफाइनलमा स्थान बनाए । 

प्रतियोगिताको सभामुख देवराज घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ६ स्पर्धामा एक सय २६ खेलाडी सहभागी छन् । 

ब्याडमिन्टनको कुल पुरस्कार राशी एक लाख ७५ हजार रुपैयाँ रहेको पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत पुरुष फुटसल बुधबार सम्पन्न भइसकेको छ । विभिन्न १४ टोली सहभागी फुटसलमा नागरिक उड्डयन प्राधिकरण ‘ए’ नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो