माघ १८, २०८२ आइतबार | १४:४३:२४
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

सर्वाजनिक संस्था खेलकुदः रामविनय र टक्कर क्वार्टरफाइनलमा

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रका रामविनय श्रेष्ठ र कृषि विकास बैंकका टक्कर कुँवर १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष एकलमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को काभर्डहलमा रामविनयले नागरिक उड्डयन प्राधिकरणका रमेशबहादुर कुँवरलाई १२-२१, २१-११ र २१-७ तथा टक्करले नेपाल विद्युत प्राधिकरणका रत्न श्रेष्ठलाई २१-१४ र २१-१७ को सेटमा पराजित गरे । 

सोही स्पर्धामा राष्ट्रिय वाणिज्य बैंकका गुप्ता केसी, विद्युतका सरोज तामाङ, नेपाल टेलिकमका सुरेन्द्रसिंह कार्की, नेपाल आयल निगमका लक्ष्मण विश्वकर्मा र विद्युतका भुपेन्द्र बिसी पनि क्वाटरफाइनलमा पुगे ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा टेलिकमका सुरेन्द्रसिंह कार्की र हरिकृष्ण शर्मा, वाणिज्य बैंकका रामजी आचार्य र सुमन घिमिरे, विद्युतका विष्णु मास्के र रमेश तामाङ, विद्युतका राजु महर्जन र खगेन्द्र शाही, दुग्ध विकास संस्थानका शिव बस्नेत र राजकुमार घले, मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल र प्रेम थापा तथा कृषिका राजकुमार निरौला र विनय पाण्डेको जोडीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन, वाणिज्य बैंकका गुप्ता केसी र लालबहादुर थापा, एभरेष्टका श्यामकुमार भट्टराई र पुष्पराज उप्रेती, टेलिकमका सुदिपआनन्द मल्ल र सीताराम श्रेष्ठ, जनक शिक्षाका रामविनय श्रेष्ठ र जनक भारती, नेपाल एयरलाइन्सका घनश्याम भट्ट र जंगबहादुर चन्द तथा विद्युतका शंकर क्षेत्री र चन्द्रदास कारन्जितको जोडीले क्वार्टरफाइनलमा स्थान बनाए । 

प्रतियोगिताको सभामुख देवराज घिमिरेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ६ स्पर्धामा एक सय २६ खेलाडी सहभागी छन् । 

ब्याडमिन्टनको कुल पुरस्कार राशी एक लाख ७५ हजार रुपैयाँ रहेको पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत पुरुष फुटसल बुधबार सम्पन्न भइसकेको छ । विभिन्न १४ टोली सहभागी फुटसलमा नागरिक उड्डयन प्राधिकरण ‘ए’ नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।