वैशाख २६, २०८२ शुक्रबार | ०९:१६:१३
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

आरएनजिसी निर्वाचनः समन्वयकारी याकथुम्बा र सेरचनबीच अध्यक्षमा प्रतिस्पर्धा

काठमाडौं । देशकै सबभन्दा पुरानो रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)मा आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्न शुक्रबार साधारणसभा हुँदैछ ।

पछिल्लो समय नेपाली गल्फको सर्वोच्च निकाय नेपाल गल्फ संघ (एनजिए)सँग सम्बन्ध चिसिएका बेला सबभन्दा पुरानो क्लबमा हुन लागेको चुनावी साधारणसभालाई खेल जगतले विशेष चासोका साथ हेरेको छ ।

क्लबका वर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको समर्थनमा वर्तमान क्याप्टेन राजेन्द्रमान सेरचन आगामी कार्यकालका लागि अध्यक्ष पदको प्रत्यासी बनेका छन् । उनले आरएनजिसी र एनजिएका पूर्व अध्यक्ष मधुकर याकथुम्बासँग प्रतिस्पर्धा गर्ने तय छ ।

वर्तमान कार्यसमिति २०१९ मा निर्वाचित भएयता आरएनजिसी र एनजिएबीचको सम्बन्ध चिसिएको थियो । सोही कारण २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला टोलीका पाँच खेलाडीको छनोट तथा अभ्यासका लागि समेत कोर्स उपलब्ध भएको थिएन । जसका कारण एनजिएले आर्मी र गोकर्णको कोर्समा छनोट तथा अभ्यास गराउनुपरेको थियो । जवकि गल्फ कोर्सका लागि आरएनजिसी र नागरिक उड्ड्यन प्राधिकरणबीच सम्झौता नवीकरण गर्ने क्रममा एनजिएको ठूलो योगदान रहेको थियो ।

एनजिएसँगको खराब सम्बन्धकै कारण आरएनजिसी र एनजिएको संयुक्त प्रयासमा चल्दै आएको युवा विकास परियोजना पनि तीन वर्षदेखि हुन सकेको छैन । आरएनजिसीको वर्तमान नेतृत्वले एनजिएलाई बेवास्था गरेको आरोप छ ।


एनजिए तथा आरएनजिसीका पूर्व अध्यक्ष याकथुम्बाले नेपाली गल्फका दुई मुख्य संस्थाबीचको सम्बन्ध सुधार्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले एनजिएसँगको सम्बन्ध सुधार्नका लागि समन्वयात्मक पात्रका रुपमा गल्फ समुदायले आफूलाई उम्मेदवार बनाएको दाबी गरेका छन् ।

१९१७ मा स्थापित रोयल नेपाल गल्फ कोर्सको नेपाल नागरिक उड्ड्यन प्राधिकरणसँगको लिग सम्झौता सकिएपछि त्यसको नवीकरणमा एनजिएको उल्लेख्य योगदान थियो । २ सय ७५ रोपनी क्षेत्रफलमा रहेको ९ होलको कोर्सका लागि आरएनजिसीले वार्षिक पाँच लाख रुपैयाँ भाडा बुझाउनुपर्छ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP