चैत्र ८, २०८२ आइतबार | १३:३६:५०
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

तोरणको अग्रता कायमै

काठमाडौं । तोरणविक्रम शाहीले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिनसम्म पनि आफ्नो अग्रतालाई कायम राखेका छन् ।

तोरणले बिहीबार २-अन्डर ७०सहित समग्रमा १३-अन्डर २०३ को स्कोर कार्ड तयर पारेका छन् । अन्तिम १८ होलको खेल बाकी छँदा उनले निरज तामाङलाई मात्र एक स्ट्रोकले पछि पारेका छन् । 

गोकर्ण गल्फ क्लबमा तेस्रो दिन तोरणले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । दुई बर्डीको सहयोगमा उनले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । तर ब्याक नाइनमा उनले राम्रो प्रदर्शन गर्न सकेनन् ।

११ र १२औं होलमा एक/एक सट बचाएका तारणले १० र १५औं होलमा भने  बोगी खेपे । उनले ब्याक नाइन इभन-पार ३६ मा सकाए । 
निरजले आज ४-अन्डर ६८ को उत्कृष्ट स्कोर जोडे । समग्रमा उनले १२-अन्डर २०४ को स्कोर खडा गरे । यो स्कोरमा उनले लिडर तोरणलाई दबाब दिएका छन् ।

निरजले आज सुरुआत भने राम्रो गर्न सकेनन् । पाँचौं र सातौं होलमा बोगी खेपे । आठौं होलमा एक सट बचाउँदै फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए ।  यसपछि ब्याक नाइनमा निरजले प्रभावशाली प्रदर्शन गरे ।

उनले १२, १५ र १६औं होलमा बर्डी प्रहार गरे । यसपछि ४-पारको १८ औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइनमा ५-अन्डर ३१ को सानदार स्कोर दर्ज गरे ।

दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र सद्भाव आचार्यले आज ६-अन्डर ६६ को सानदार प्रदर्शन गरे । उनीहरू समग्रमा ६-अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन् ।

राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। आठौं होलमा बोगी खेपे। फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गरे । ब्याक नाइनमा पाँच बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइन ५-अन्डर ३१ मा सकाए ।

सदभावले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १३औं होलमा बोगी खेपे पनि ११, १२ र १८औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए ।

समग्रमा ५-अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे । उनी पाँचौ स्थानमा रहे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो