माघ ४, २०८२ आइतबार | १५:०८:०२
कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित थाइल्यान्डसामू नेपालको सामान्य लक्ष्य नेपालविरुद्ध थाइल्यान्ड टस जितेर बलिङ गर्दै रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत

तोरणको अग्रता कायमै

काठमाडौं । तोरणविक्रम शाहीले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिनसम्म पनि आफ्नो अग्रतालाई कायम राखेका छन् ।

तोरणले बिहीबार २-अन्डर ७०सहित समग्रमा १३-अन्डर २०३ को स्कोर कार्ड तयर पारेका छन् । अन्तिम १८ होलको खेल बाकी छँदा उनले निरज तामाङलाई मात्र एक स्ट्रोकले पछि पारेका छन् । 

गोकर्ण गल्फ क्लबमा तेस्रो दिन तोरणले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । दुई बर्डीको सहयोगमा उनले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । तर ब्याक नाइनमा उनले राम्रो प्रदर्शन गर्न सकेनन् ।

११ र १२औं होलमा एक/एक सट बचाएका तारणले १० र १५औं होलमा भने  बोगी खेपे । उनले ब्याक नाइन इभन-पार ३६ मा सकाए । 
निरजले आज ४-अन्डर ६८ को उत्कृष्ट स्कोर जोडे । समग्रमा उनले १२-अन्डर २०४ को स्कोर खडा गरे । यो स्कोरमा उनले लिडर तोरणलाई दबाब दिएका छन् ।

निरजले आज सुरुआत भने राम्रो गर्न सकेनन् । पाँचौं र सातौं होलमा बोगी खेपे । आठौं होलमा एक सट बचाउँदै फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए ।  यसपछि ब्याक नाइनमा निरजले प्रभावशाली प्रदर्शन गरे ।

उनले १२, १५ र १६औं होलमा बर्डी प्रहार गरे । यसपछि ४-पारको १८ औं होलमा इगलको सफलता प्राप्त गर्दै ब्याक नाइनमा ५-अन्डर ३१ को सानदार स्कोर दर्ज गरे ।

दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र सद्भाव आचार्यले आज ६-अन्डर ६६ को सानदार प्रदर्शन गरे । उनीहरू समग्रमा ६-अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा छन् ।

राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। आठौं होलमा बोगी खेपे। फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गरे । ब्याक नाइनमा पाँच बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइन ५-अन्डर ३१ मा सकाए ।

सदभावले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १३औं होलमा बोगी खेपे पनि ११, १२ र १८औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए ।

समग्रमा ५-अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे । उनी पाँचौ स्थानमा रहे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate