चैत्र ७, २०८२ शनिबार | १८:३१:५५
सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित

तोरणलाई १२ वर्षपछि घरेलु गल्फ उपाधि

काठमाडौं ।  तोरणविक्रम शाहीले सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पाँचौं  प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् ।

प्रतियोगिताको अन्तिम दिन शुक्रबार ५-अन्डर ६७ सहित समग्रमा १८-अन्डर २७० को स्कोर कार्ड तयार पारेका तोरणले निरज तामाङलाई एक स्ट्रोकले हराए ।

तोरणले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन् । यसअघि उनले सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए । उनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ताेरणले आफ्नो करियरमा तेस्रो उपाधि जितेका हुन् । 

शुक्रबार  ५-अन्डर ६७ कै स्कोर गरेका निरज समग्रमा १७-अन्डर २७१ सहित दोस्रो भए । उनले  १ लाख प्राप्त  रुपैयाँ गरे ।

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले आज दिनकै उत्कृष्ट ७-अन्डर ६५ को स्कोर निकाले । उनी समग्रमा १३-अन्डर २७५ सहित तेस्रो भए । यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते । उनले राहुल विश्वकर्मालाई ९ स्ट्रोकले हराए ।

३-अन्डर ६९ स्कोर गर्दै समग्रमा ५-अन्डर २८३ सहित सञ्जय लामा चौथो भए । प्रोतर्फ तेस्रो हुँदै उनले ७५ हजार रुपैयाँ प्राप्त गरे । एमेच्योर राहुल समग्रमा पाँचौं भए । राहुलले आज २–ओभर ७४ स्कोर सहित समग्रमा ४-अन्डर २८४ को स्कोर निकाले । एमेच्योरतर्फ उनी दोस्रो स्थानमा रहे ।

दिनेश प्रजापती समग्रमा ३-अन्डर २८५ सहित छैटौं स्थान हासिल गरे । उनले आज इभन-पार ७२ को स्कोर गरे । प्रो तर्फ चौथो भएका उनले ६३ हजार रुपैयाँ हात पारे ।

नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३-ओभर ७५ खेल्दै समग्रमा १-अन्डर २८७ स्कोर गर्दै सातौं स्थानमा चित्त बुझाए । प्रोतर्फ पाँचौं हुँदा ५३ हजार रुपैयाँ आफ्नो नाममा लेखाए ।

जयराम श्रेष्ठले आज बिर्सनलायक ८-ओभर ८० को स्कोर गर्दा समग्रमा ३-ओभर २९१ सहित आठौं भए । प्रोतर्फ छैटौं स्थानमा रहेका उनले  ४६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । टंकबहादुर कार्कीले समग्रमा ४-ओभर २९२ सहित नवौं तथा प्रोतर्फ सातौं हुँदै ४२ हजार रुपैयाँ जिते । समग्रमा ८-ओभर २९६ स्कोर जोडेका रामे मगर र सूर्यप्रसाद शर्मा १०औं भए । उनीहरू प्रो तर्फ आठौँ भएसँगै ३६ हजार ५०० रुपैयाँ  हात पारे ।

अन्तिम दिनको खेल सुरु गर्दा तोरण निरजभन्दा एक स्ट्रोकले मात्र अगाडि थिए । जहाँ तोरणलाई निरजले कडा चुनौती दिए । फ्रन्ट नाइनमा तोरणले तेस्रोदेखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । निरजले चौथो र नवौं होलमा एक/एक सट बचाए । फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे । फ्रन्ट नाइनको समाप्तीमा तोरण दुई  स्ट्रोकले अघि बढे ।

यसपछि तोरणले १०औं होलमा एक सट बचाएसँगै उनले तीन स्ट्रोकको अग्रता बनाए । ११औं होलमा दुवैले बर्डी प्रहार गरे । यसपछि निरजले १४ र १५औं होलमा लगातार दुई बर्डीको सफलतामा अग्रता एक स्ट्रोकमा झार्दै तोरणलाई दबाब दिएका थिए । तर, लगतै १६औं होलमा बोगी हाने र फेरि दुई स्ट्रोकले पछि परे ।

निरजले १७औं होलमा बर्डी प्रहार गर्दै पुनः अग्रतालाई एक स्ट्रोकमा झार्दै १८औं होललाई  रोमाञ्चक बनाए । अन्तिम होलमा दुवैले पार खेल्दा तोरणको अग्रता कायम रह्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो