चैत्र १४, २०८२ शनिबार | १३:१३:१९
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फको च्याम्पियन

काठमाडौं  । दोर्जे होजाङस्टाङ बाह्रखरी गल्फकाे आठाैं संस्करणमा च्याम्पियन बनेका छन् ।

शनिबार काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल पुरस्कार जिते ।

अठार होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता दोर्जेले ४४ अंक जोडे । उनले फ्रन्ट नाइटमा २५  ब्याक नाइनमा १९ अंक जोडेको थिए ।

राजेन्द्र श्रेष्ठले ४३ अंक जाेड्दै दोस्रो स्थान हासिल गरे । 

यस्तै, वेस्ट ग्रसको उपाधि ३९ अंकसहित निश्चयजंग रायमाझीले जिते । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । नोर्बुले सात बर्डी प्रहार गरेका थिए ।

प्रतियोगितामा भाइराजा पाण्डेले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३५ अंक जोडेर सिनियरतर्फको शीर्षस्थान हासिल गरे ।

महिलातर्फको उपाधि आरती राज्यलक्ष्मी रानाले जितिन् । उनले २३ अंक जोडेकी थिइन् । यस्तै, उपविजेता बनेकी आर्सिया बानुले २२ अंक जोडिन् ।

क्लोजेस्ट टू द पिनको उपाधि पनि होजाङस्टाङले जिते । दोर्जेले ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’को ‘अट्टो थ्री’ गाडी जित्न करिब दुई फिटले चुकेका थिए । लंगेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते । उनले करिब २५८ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए । प्रतियोगितामा महिला र पुरुषगरी कुल ९६ गल्फरले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फर तथा नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि सहभागी थिए ।

यसैगरी, प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको समापन नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो